प्रवास

जसपाको प्रवास अंग नेपाली समाज युएईको पूर्नगठन

दुबई,
जसपा प्रवास विशेष प्रदेश समितिका उपाध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षतामा ‌सन् २०२५ अगय्ट १८ तारिखमा बरदुबईमा भएको एक भेलाले प्रेमसागर लिम्बूको अध्यक्षतामा १३ सदस्यीय नेपाली सङ्घीय समाज, यूएईको पुनर्गठन गरेको छ ।

जसपाका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले उपाध्यक्ष द्वयमा शोभा शर्मा, भुपाल पौडेल, महासचिवमा धनकृष्ण किरात, सचिवमा भूमि मगर र कोषाध्यक्षमा दीपक गुरूङलाई चयन गरेको छ । यस समितिमा समाजका पूर्व अध्यक्षहरू सल्लाहकार रहने व्यवस्था गरेको छ ।

भेलालाई सम्बोधन गर्दै श्रेष्ठले प्रवासमा रहेर पनि देशप्रति जिम्मेवार नागरिकको रूपमा समर्पित भई पहिचान र अधिकारीको पक्षमा काम गर्नु भएकोमा धन्यवाद दिनु भयो । उहाँले समाजवाद उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको समानताका लागि सार्वभौम महत्को विषय भए पनि प्रत्येक देशका लागि आफ्नो मौलिक बाटो हुनुपर्ने भन्दै समाजवादका लागि नेपालको मौलिक बाटो सङ्घीय समाजवाद भएको बताए ।

कार्यक्रममा विशिष्ट अतिथि कृष्णबहादुर घःजु, विशेष अतिथिहरू शाक्य सुरेन, सुशीला शाक्य, खगेन्द्र बहादुर जोशी तथा सङ्घीय परिषद् सदस्य सुजन भण्डारीले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Related Articles

Back to top button