समाचार

एफएनजे यूके शाखाको १४औँ स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न

अल्डरसट । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको १४औँ स्थापना दिवस समारोह अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष बिमला सेनेको अध्यक्षतामा सम्पन्न प्रमुख अतिथिहरू नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा तथा लन्डनस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गरि समारोहको उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीहरु लगायतले आ-आफ्नो धारणा सहित शुभकामना मन्तव्य राखेका थिए। नेपाल देखि आएर बेलायत शाखाको १४औं बार्षिक साधारणसभामा सामेल हुन पाउँदा र बेलायत जस्तो सभ्य देशमा रहेर नेपाली पत्रकारहरुले पत्रकारितामा गरेको योगदान लगाव प्रति स्रहानिय र खुशी ब्यक्त गरेकी थिइन भने महामहिम घिमिरेले बेलायतमा रहेर आफ्नो काम पेशा ब्यबसाय गरेर पनि सन्चार क्षेत्रमा अतुलनीय योगदानमा लागेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनका नेतृत्वले ब्रिटिस मेन स्ट्रिम मिडियामा उपस्थिति हुने र अगाडि बढ्ने शुभेच्छा व्यक्त गर्दै सबैलाई एकीकृत भै विरासतलाई अगाडि बढाउने शुभकामना व्यक्त गरेका थिए।

शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले स्वागत मन्तव्य उपाध्यक्ष प्रमिला राइले बिदेश शाखाबाट प्राप्त शुभकामना पढेर सुनाएका थिए भने शाखाका महासचिव खेम राज रानाभाटले कार्यक्रम संचालन गरेका थिए। अध्यक्ष सेनेले प्रमुख अतिथी केन्द्रिय अध्यक्ष शर्मा, महामहिम घिमिरे र सबै उपस्थित अतिथिहरु साथै स्पोन्सर गर्नु हुने सबै महानुभावलाई धन्यवाद दिदै उत्घाटन सत्रको अन्त्य गरेकी थिइन।

यसै कार्यक्रममा लामो समयदेखि पत्रकारितामा योगदान पुर्याउनु हुने उदाहरणिय ब्यक्तित्व खगेन्द्र नेपाललाई २०२५ बर्षको सम्मान गरिएको थियो, भने गायक साहित्यकार लामो समय देखिको लोक गायक नन्द कृष्ण जोशीलाई मायाको चिनो प्रदान गरिएको थियो।

केन्द्रिय अध्यक्ष शर्मालाइ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको अध्यक्ष बम थापा, निबर्तमान अध्यक्ष गोमा राना, पुर्व अध्यक्ष पूर्ण गुरुङ अनि प्रमिला राई द्वारा फुलको गुन्च्छाले स्वागत गरेका थिए।

कार्यक्रममा बेलायत स्थित विभिन्न संघ सस्थाका अध्यक्ष, प्रतिनिधिहरु लगायत एफएनजेका सस्थापक अध्यक्ष, पुर्व अध्यक्षहरु, फोनिजका अध्यक्ष बम थापा लगायत झन्डै १०० जना ब्यक्तिको उपस्थिति रहेको थियो। समारोहमा बेलायतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका सथै सामाजिक अगुवारहरूको उपस्थिति रहेको थियो ।

बन्द सत्रमा अत्यन्तै महत्त्वपूर्ण विषयहरुमा छलफल गर्दै भावी योजना सहित पुर्व महासचिवहरु सन्जय कडेल, श्याम लुईटल पुर्व अध्यक्षहरु सल्लाहकार लगायत अन्य पत्रकारहरुले बेलायतमा रहेका सबै पत्रकारहरु एकीकृत भइ विवाद रहित स्वस्थ पत्रकारितामा लाग्ने सकारात्मक बिचार धारणा राखेका थिए।

Related Articles

Back to top button