युके विशेष

पत्रकार महासंघ बेलायतको नवनिर्वाचित कार्यसमितिलाई जनजाति महासंघको सम्मान

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नेपाल पत्रकार महासंघ बेलायत शाखाको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।

गत ४ अगष्ट २०२४ का दिन अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आयोजित ३० औं विश्व आदिवासी दिवस समारोहमा बिमला सेने नेतृत्वको कार्यसमितिलाई सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको हो । सेने नेतृत्वको पत्रकार महासंघ बेलायतको कार्यसमिति गत जुलाई १४ मा भएको छैटौं अधिवेशनबाट निर्वाचित भएको थियो ।

जनजाति महासंघ बेलायत, नेपाल आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति युवा महासंघ र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघसमेतको आयोजनामा दिवस मनाए । जातीय संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल आदिवासी जनजाति महासंघमा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरु आबद्ध रहेका छन् । महासंघका अध्यक्ष रि.मे योगेश कोयी राईको अध्यक्षमा भइरहेको कार्यक्रममा बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।

हरेक वर्ष विश्वभर अगष्ट ९ मा विश्व अदिवासी दिवस मनाइन्छ ।

Related Articles

Back to top button