पहिचानवादी मोर्चाकाे दनुवार स्वायत्त क्षेत्र समिति गठन

७ जून, काठमाडौं । पहिचानवादी माेर्चाकाे दनुवार स्वायत्त क्षेत्र समिति गठन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक भेलाले समिति निर्माण गरेको हाे ।
लालकाजी दनुवारकाे संयाेजकत्वमा गठन भएको समितिकाे सदस्यहरूमा कुमार दनुवार (क), अर्जुन दनुवार, अरुण दनुवार, कुमार दनुवार (ख), सुबिन दनुवार, रामकृष्ण दनुवार, राजन दनुवार, रामकुमार दनुवार, बिष्णु दनुवार, सुजन दनुवार, कृष्ण बहादुर दनुवार, सुदिप दनुवार,राम दनुवार, हर्क बहादुर दनुवार छन् ।
मोर्चाका संघीय सदस्य तथा ताम्सालिङ प्रदेश समितिका नेता सन्चवीर दोङ तामाङको अध्यक्षतामा भएको कार्यक्रम सङ्घीय संयोजक प्रा.डा. महेन्द्र लाओेतीकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । साे अवसरमा सङ्घीय सदस्य खगेन्द्र माखिमकाे समेत उपस्थिति रहेको थियोे । संघीय सदस्य मोलम लामाले सञ्चालन गरेको कार्यक्रम ताम्सालिङ प्रदेश समितिको आयोजनामा भएको थियो ।