समाचार

मिक्लाजुङमा दुई दिवसीय माविस्तरीय सिर्जना अभिमुखीकरण कार्यक्रम

३० अगष्ट, मिक्लाजुङ(माेरङ) । नयाँ पुस्तामा दिनानुदिन सिर्जनशीलता खस्किँदाे छ । साहित्य र सिर्जनाप्रति अनि पठनप्रतिकाे आकर्षण गिर्दाे छ । भाषा र साहित्य जति बढी प्रयाेग गरियाे त्यति धेरै याे समृद्ध र परिष्कृत हुँदै जान्छ । यही तथ्यलाई मनन् गर्दै मिक्लाजुङ, माेरङमा मावि तहमा अध्ययनरत ४० बढी विद्यार्थीहरूकाे सहभागितामा दुई दिवसीय सिर्जना अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

हरेक वर्ष भाद्र १५ गते मनाइने पुस्तकालय दिवसकाे सन्दर्भ पारेर आयाेजना गरिएकाे उक्त कार्यक्रमकाे पहिलाे दिन इटहरीकी स्रष्टा कवयित्री टीका आत्रेयले लयबद्ध/छन्द कविता र इलामका स्रष्टा विवश बलिभद्र काेइरालाले गीत/गजल सम्बन्धमा सहजीकरण गरेका थिए ।

कवि आत्रेय विद्यार्थीहरू माझ ।

दाेस्राे दिन गद्य कविता र आख्यान लेखन सम्बन्धी सहजीकरण झापाका स्रष्टा क्रमशः धनकुटे कान्छा र घनश्याम पथिकले गरेका थिए ।

सर्जक काेइराला सहजीकरण कक्षामा ।

दुई दिनकाे कार्यक्रम सहजीकरणका दाैरान विद्यार्थीहरूले कार्यक्रम स्थलमै सुन्दर रचनाहरू सिर्जना गरि प्रस्तुत समेत गरेका थिए । विद्यार्थीहरूकाे सक्रियता र सिर्जना देखेर र सुनेर सहजकर्ता पनि दंग परेकाे र कार्यक्रमकाे उद्देश्य केही हदसम्म पूरा भएकाे स्रष्टा धनकुटे कान्छाले बताए ।

आयाेजक दुवै संस्थाका तर्फबाट कम्तीमा द्वैमासिक वा त्रैमासिक रूपमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने र विद्यार्थीहरूका प्रतिभा/सिर्जना प्रस्तुत गर्ने अवसर दिने साथै प्रतिश्पर्धात्मक कार्यक्रम पनि आयाेजना गर्ने मिक्लाजुङका कवि एवम् मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन याेक्पाङ्देनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहभागी विद्यार्थीमध्ये रिलायन्स अंग्रेजी माविका छात्र निरिस साशंकर र सरस्वती अंग्रेजी माविकि छात्रा वर्षा निराैलाले समग्र कार्यक्रममा आफूले सिकेका कुरा, अनुभव र अनुभूति सम्बन्धमा मन्तव्य प्रस्तुत गरेका थिए । साथै सहभागी शिक्षकमध्ये देवकाेटा माविका शिक्षक लाेकराज राेसेराले देउडा भाका समेत सुनाउँदै कार्यक्रम फलदायी रहेकाे र विद्यार्थीसँगै आफूले पनि धेरै कुरा सिकेकाे कुरा अभिव्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गरे । कार्यक्रमकाे अन्त्यमा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र र मिक्लाजुङ साहित्य दर्पण पुस्तक समेतउपलब्ध गराइएकाे थियाे ।

भाद्र १२ र १३ गते सञ्चालित दुई दिने सिर्जना कार्यशालाकाे अध्यक्षता लेखनाथ पुस्तकालय एवम् वाचनालयका अध्यक्ष गाेविन्द बस्नेतले गरेका थिए भने कार्यक्रम सन्चालन पुस्तकालयका सचिव पुष्प बरालले गरेका थिए । कार्यक्रम
लेखनाथ पुस्तकालय तथा वाचनालय र मिक्लाजुङ साहित्य समाजकाे संयुक्त आयाेजनामा पुस्तकालयकाे सभाहलमा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button