१९८१ मा भर्ती भएका २/८१ इन्टेकको ४४औं बर्षगांठ सम्पन्न

लण्डन। मे महिनाको १० तारिख २०२५ शनिबारको दिन ब्लुकोट स्कुल बेजिङस्टोकमा २/८१ इन्टेक नम्बरीले ४४ औ वर्षगांठ विभिन्न कार्यक्रम राफल ड्र, तम्बोला र अन्य आकर्षित कार्यक्रम सहित भव्यताका साथ मनाए।
कार्यक्रमको शुभारम्भ सस्थाका अध्यक्ष सुनिल राना, शोभामान गोले र पुर्ब अध्यक्ष खुशशीमान गुरुङबाट दिप प्रज्वलन भएको थियो। अहिले सम्म गुमाएका नम्बरीहरुको चिर शान्तिको कामना गर्दै २ मिनेट मौन धारण गरिएको थियो।
नम्बरी भेलामा नम्बरीहरुको छोराछोरीले उच्च शिक्षा हासिल गरेका, छोराछोरी बिबाह बन्धनमा बाधिएका र नाति नातीना भएकाहरुलाई खादा र सर्टिफिकेटले बधाई दिइएको थियो। वहाँहरुको खुशीयालीमा नम्बरीसङ्ग खुशी बाँड्दै सस्थाको लागि स्पोन्सर पनि गरेका थिए।
४०औ बार्षिक भेला हङ्कङमा मनाउन गृह कार्य हुँदै गर्दा कोभिड-19ले स्थगित गर्नु परेको थियो। अर्को वर्ष ४५औ बार्षिक भेला पोखरा नेपालमा मनाउने भएकोले मेजर खुशीमान गुरुङको टिम (मेजर शोभित हमाल, रामलाल श्रेष्ठ र क्याप्टेन महेन्द्र लिम्बु र हंग कंगका संयोजक त्रिलोक गुरुङ)ले सबै कुराको बन्दोबस्तको लागि कहाँसम्म गृहकाॠ भैरहेको जानकारी दिएका थिए।
सस्थाका सचिब शेर पुनले कार्यक्रम सन्चालन गरेका थिए भने उपाध्यक्ष बेल बुराथोकीले स्वागत मन्तव्य राखेका थिए। अध्यक्ष सुनिल रानाले कार्यक्रममा उपस्थित तथा कारण बस उपस्थित हुन असमर्थ र प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने बेजिङ स्टोकका नम्बरीहरु लगायत सबै नम्बरीहरुलाइ धन्यवाद दिदै बर्षको यो एउटा सुनौलो अवसर जमघट हो कि नम्बरीले बिगतको दिन सम्झिदै एकापसमा भला कुसारी गर्ने दिन भन्दै आफ्नो मन्तव्य राखेका थिए।
दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल ड्र र नम्बरी नम्बर्नीको नाच सहित भरिपुर्ण मनोरञ्जन भएको थियो। लोक दोहोरी प्रतिस्ठान युके शाखाका निबर्तमान अध्यक्ष टंक सेरचनको बेङ्ग्यात्मक मुक्तक प्रस्तुतिले थप मनोरञ्जन दिन सफल भएका थिए भने नम्बरीको छोरीहरु सङ्गीता गहिरे र लुइजा नेपालीको नाच प्रस्तुतिले माहोल रमाइलो बनेको थियो। सदा झैँ उमा गुरुङ को एकल नाच यो पाली पनि उत्क्रिस्त रहेको थियो।
राफल द्र्मा पहिलो पुरस्कार एड्भेन्ट्रा जर्निज लिमिटेड (सुमन पुन)ले सुनको माला, दोस्रो पुरस्कार द प्यालेस रेस्टुरेन्टले (सुनको चन्द्रमा कांटा) तेस्रोमा युनिभर्सल गोर्खा सेक्युरिटी सेर्विसेस (कृष्णराज तामांग)ले नगद £२००, नर्सिङ्ग छन्त्यालले १ बोटेल व्हिस्की लगायत अन्य आकर्षक पुरस्कार नगद स्पोन्सर गरेका थिए। पहिलो पुरस्कार पसुपति गुरुङ, दोस्रो प्रतिभा श्रेष्ठ, तेस्रो सरिता गुरुङ लगायतले नगद र सुनको गहना पुरस्कार हात पारेका थिए।
टाढा टाढा बाट आउनुभएको नम्बरीहरु (वेल्स, ग्रान्थम केन्ट) अन्त्यसम्म पनि मनोरञ्जन गर्दै छुट्टीनु गार्हो भएको अवस्था थियो।
राफल द्र् र तोम्बोला बाट उठेको रकम आउने बर्ष ४५औ अनिवेर्सरी पोखरामा हुने कार्यक्रममा पोखराको गोर्खा संग्रहालय र गोर्खा वेल्फ़र त्रस्त लाई दिने भएको छ जसमा करीब झन्डै रु २ लाख उठेको जानकारी असोसिअसनको कोशाधक्स्य बेम थापाले दिनुभएको छ। राफल द्र् का प्रायोजक सबैलाई अध्यक्ष सुनिल रानाले मुरी मुरी धन्यवाद दिएका थिए।
अर्को बर्ष ४५औ अनिवेर्सरी पोखरा नेपालमा २०, २१ र २२ फेब्रुरी २०२६ मा मनाउने कार्यक्रम रहेको छ।