समाचार
माबाेहाङ चेम्जोङ वंशकाे केन्द्रीय भेला सम्पन्न

४ मे, माेरङ । याक्थुङ समुदायको माबाेहाङ चेम्जोङ वंशीहरूकाे केन्द्रीय भेला सम्पन्न भएको छ । थाक्थाकु माबाेहाङ चेम्जोङ वंश उत्थान सङ्घकाे १५ ओैँ केन्द्रीय परिषद भेला सम्पन्न भएको हाे ।
शनिबार माेरङकाे जाँतेमा सम्पन्न भेला सङ्घका पूर्व केन्द्रीय सदस्य दल प्रसाद चेम्जोङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । केन्द्रीय अध्यक्ष टेक रत्न चेम्जोङकाे सभाध्यक्षमा भएको कार्यक्रममा केन्द्रीय सदस्य राज भक्त चेम्जोङले सञ्चालन गरेका थिए ।