
२६ अप्रिल, विजयपुर । छथरे समाज धरान सुनसरीेकाे अध्यक्षमा पुनः देव पारघरी खजुम दाेहाेरिएका छन् । समाजकाे छैटौं अधिवेशनले पारघरी खजुमलाई अध्यक्षमा निर्वाचित गरेको हाे ।

धरान-१५ स्थित समाजको केन्द्रीय कार्यालयमा शनिबार भएको २४ ओैँ साधारणसभा र छैटौं अधिवेशनले पारघरी खजुमकाे अध्यक्षतामा १७ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । समितिकाे उपाध्यक्षहरूमा रामप्रसाद लिम्बु र निमा आङबाे इमेहाङ, महासचिवमा नगेन्द्र बहादुर पारघरी लिम्बु, सचिवमा आनन्दी राई आङ्ला, सहसचिवमा विप्लव थाेक्लेन लिम्बु, काेषाध्यक्षमा कुइन्द्र कुमार लिम्बु रहेका छन् । त्यस्तै, सदस्यहरूमा डेगमान लिम्बु, माेहनप्रसाद लिम्बु, हुम बहादुर लिम्बु, निरबहादुर लिम्बु, भीमकुमारी चेम्जोङ पारघरी, तिलाेकसिं लिम्बु, लक्ष्मीप्रसाद लिम्बु, बेबेन्द्र लिम्बु, सन्ध्या लिम्बु र मेनुका केबुकहाङ सम्बाहाङ्फे रहेका छन् ।

प्रदेशका एकका पूर्व प्रमुख प्रा.डा. गाेविन्द बहादुर तुम्बाहाङकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथि संस्थापक अध्यक्ष एवम् सल्लाहकार रि. मेजर झप्तमान पारघरी खजुम रहेका थिए । अन्य अतिथिहरूमा डा. कमल तिगेला, उमेशचन्द्र पारघरी, भैरव आङ्ला, माेहनविक्रम तिगेला, हितराम तिल्लिङ, बाग बहादुर थाेक्लन, तीर्थ थाेक्लेन, अमित थेवे लगायत रहेका थिए । अध्यक्ष देव पारघरी खजुमकाे सभापतित्वम भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तुम्खेवाले स्वागत मन्तव्य राखेका थिए । गैर छथरेवासीकाे तर्फबाट सञ्चारकर्मी एवम् लेखक अमित थेवेले मन्तव्य राखेका थिए । प्रमुख अतिथि प्रा.डा. तुम्बाहाङले छथरे समाजले भाषिक, साँस्कृतिक र सामाजिक क्षेत्रमा थप काम गर्नुपर्ने धारणा राखे ।
अधिवेशनमा महासचिव नगेन्द्र पारघरी खजुमले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष कुइन्द्र कुमार लिम्बुले आर्थिकसामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पूर्व अध्यक्ष झप्तमान पारघरी खजुमकाे अध्यक्षतामा गठन भएको निर्वाचन मण्डलले नयाँ कार्य समितिकाे चयन गरेको थियोे । समितिमा हितराम तिल्लिङ र उमेशचन्द्र पारघरी खजुम रहेका थिए । कार्यक्रममा के:लाङ र साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएका थिए ।

दस लिम्बुवानकाे १७ थुमहरू मध्ये धनकुटा र तेह्रथुमका केही भूभागहरू समेटिएको छथर थुममा बसाेबास गर्ने समुदायले २३ वर्षअघि छथरे समाज गठन गरेका थिए ।