
६ अप्रिल, सेहाे?नाम्लाङ (पान्थर) । मुन्धुममी महत्त्व बाेकेकाे वर्णन सेहाे?नाम्लाङलाई प्रबर्द्धन गर्ने हिसाबलेआयोजना भएको ‘सेहाे?नाम्लाङ साँस्कृतिक पर्यटन महाेत्सव २०८१‘ सम्पन्न भएको छ ।
गणतन्त्रकालमा नेपाल प्रज्ञा प्रतिष्ठानका पहिलो कुलपति, वरिष्ठ साहित्यकार, मुन्धुमविद वैरागी काइँला (तिलविक्रम नेम्वाङ) काे प्रमुख आतिथ्यमा महाेत्सव सम्पन्न भएको थियोे । समापन समारोहका दिन भएको वडास्तरीय पुरूष भलिबलको फाइनल फालेलुङ समूहले पहिलो स्थान हासिल गर्याे । समूहले नगद पचास हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियोे । दाेस्राे हुने माेरङ समूह (वाराङ्गी)ले नगद तीस हजार रूपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।
त्यस्तै, महाेत्सवमा के:लाङ (च्याब्रुङ नाच) प्रतियोगिता, या?लाङ (धान नाच) प्रतियोगिता, हाक्पारे, साकेला सिली र नृत्य प्रतियोगिता समेत आयोजना गरिने आयोजक समितिका निश्चल चेम्जोङले जनाए ।
समापन समारोहकन विशेष अतिथि रङ्ग कवि तथा समाजसेवी धर्मेन्द्रविक्रम नेम्बाङ रहेका थिए । अन्य अतिथिहरूमा राजनैतिक दलका पदाधीकारी र समाजसेवीहरूको उपस्थिति समेत रहेको थियो । प्रदेश एकका पूर्वअर्थमन्त्री तथा सांसद इन्द्र आङ्वाे ‘माैसम’काे प्रमुख आतिथ्यमा आइतबार महाेत्सवकाे उद्घाटन गरेका थिए ।
सेहो?नाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि)का अध्यक्ष डी एम आङ्देम्बेकाे सभाध्यक्षमा भएको महाेत्सवकाे उद्घाटन सत्रकाे सञ्चालन कैलाश शेर्माले गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथि आङ्वाेले खा?उमा मुन्धुम, युम्सा चोक्मा नामक कृतिहरूकाे समेत विमाेचन गरेका थिए । दक्षिणी पान्थरकाे फाल्गुनन्द गापा र मिक्लाजुङ गापाकाे सङ्गम स्थलका रूपमा रहेको सेहाे?नाम्लाङकाे प्रचारप्रसार गर्न महाेत्सव आयोजना भएको थियोे ।