यो वर्ष २०२५ को नेपाली ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा हुने

लन्डन १६ मे २०२५ (updated) । मगर संघ युकेले हरेक वर्ष गर्दै आइरहेको नेपाली ओपन कन्सर्ट यस बर्ष १७औ ओपन कन्सर्ट १४ जुन फार्न्बोरोमा गर्ने भएको छ।
बिगतका बर्षमा जस्तै यो बर्ष पनि ख्याति प्राप्त सदाबहार सबैको मन मुटु जित्न सफल मिठो स्वरकी धनी गायिका अन्जु पन्त, द भोईसका निर्णायक गायक खेम सेन्चुअरी, बिजय थापा लगायत स्थानिय कलााकार, मिस मगर नेपाल २०२२ का नृत्य तथा मोडल मिस मिलन थापा, मगर गट ट्यालेन्ट २०२५को बिजेता नृत्यकार डायमन्ड र मनसुन सारु मगर लगायतले आ-आफ्नो प्रस्तुति दिएर दर्शकलाई भरपुर मनोरञ्जन दिने छन्।
आफ्नो कला, सस्कार सस्कृतिलाइ जीवन्त राख्न र सबै समुदायसँग गीत सङ्गीतबाट एकताको सुत्रमा बाँध्न, सबै उमेरका महानुभाव दर्शक श्रोतालाई मनोरञ्जन दिनकै लागि हरेक बर्ष नेपालबाट आउनुहुने ख्याति प्राप्त कलाकारहरुको उपस्थितिमा नेपाली ओपन कन्सर्ट हुने गर्दछ।
यस बर्ष सबैलाई पायक पर्ने गरि मध्यस्थ स्थान फार्न्बोरोको रग्बी क्लबमा बिहानको ११ बजे देखि हुने अध्यक्ष लाल बहादुर पुनले जानकारी दिएका छन् ।
सबैलाई कार्यक्रममा सहभागिताको लागि सुलभ टिकट मूल्य तोकिएको जानकारी कार्यक्रम प्रमुख सम्योजक वरिष्ठ उपाध्यक्ष रुद्र थापा र सम्योजक महासचिव गोमन पुनले बताएका छन। अग्रिम टिकट लिंदा २५ पाउन्ड र गेटमा लिंदा ३० पाउन्ड तोकिएको छ भने बालबालिका र जेष्ठ नागरिकलाई अग्रिम लिंदा २० पाउन्ड र गेटमा २५ पाउन्ड तोकिएको छ।
संघका अध्यक्ष पुनले कार्यक्रम सभ्य, भब्य र सफल बनाउन सबैलाई उपस्थितिको लागि विनम्र अनुरोध गर्दै स्टलको बारेमा साथै अन्य बिस्तृत विषय बस्तु आगामी दिनमा दिदै जाने बताएका छन् ।