समाचार

इलाम–२ मा जसपाले थेगिमलाई सघाउने

काठमाडौँ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपालले डकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमले उम्मेदवारी दिने घोषणा गरेका छन् । पहिचानवादीका तर्फबाट उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

थेगिम कोशी प्रदेशको पुनः नामाङ्कन गर्नका लागि दबाब दिन गठन भएको संयुक्त सङ्घर्ष समितिको संयोजक हुन् । उनी किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष समेत हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button