समाचार

आठौं प्रदेश बनाउन जसपा लिम्बुवानले सङ्घर्ष जारी राख्ने

२७ नाेभेम्बर, फेदेन(पान्थर) । पहिचानमा आधारित सङ्घीयता र त्यसभित्र आठाैँ प्रदेशका रूपमा लिम्बुवान प्रदेश कायम गर्न जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिले सङ्घर्ष जारी राख्ने भएको छ ।

समितिकाे हालै पान्थरकाे फेदेनमा सम्पन्न पुनर्गठन बैठकबाट निर्वाचित गरेको नयाँ समितिले पत्रकार सम्मेलन गर्दै लिम्बुवानलाई आठौं प्रदेश बनाउन सङ्घर्ष जारी राख्ने बताएकाे छ । नवनिर्वाचित अध्यक्ष जेन्टल लाओेतीले छ बुँदे निर्णय सार्वजनिक गर्दै बैठकले प्रदेश नम्बर एकमा जारी पहिचानको आन्दोलनमा समर्थन गरिरहेको जनाउँदै अझै सशक्त ढंगले सहभागी हुने जनाए ।

पार्टीका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वाकाे उपस्थितिमा भएको बैठकले निर्वाचित र चार मनाेनीत गरेर ३९ सदस्यीय राष्ट्रिय समिति बनाएको थियोे ।

बैठकका निर्णयहरू

१. जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रम मिति २०८० असोज १३ गते र कार्तिक १ गते स्थगन गरिएको थियो । सो स्थगित पुनर्गठन कार्यक्रम यहि मिति २०८० मंसिर ९ गते शनिबारको दिन समितीका अध्यक्ष श्री खगेन्द्र माखिम ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । सो पुनर्गठन बैठकमा जसपा, नेपालका कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ र रणध्वोज कन्दङ्वा ज्युको उपस्थिति रहेकोे थियो ।

पुनर्गठन बैठकबाट पारित निर्णय र केही सवालहरु यहाँहरु समक्ष सार्वजनिक गर्दछौं ।

२. नेपाली राजनीतिमा नेताहरुले आजिवन  नेतृत्वमा रहने एक खराब प्रचलन बसालेका थिए र आज पनि छ । यहि प्रचलन लिम्बुवान राजनीतिमा पनि अभ्यास भैरहेको छ । यस्तो अवस्थामा जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको यहि मिति २०८० मंसिर ९ गतेको  पुनर्गठन कार्यक्रमसंगै सहज रूपमा नेतृत्व हस्तान्तरणको अभ्यासको थालनी भएको छ । यसलाई हामीले नयाँ पुस्ता हस्तान्तरणको एक नमुना भएको महसुस गरेका छौं । यसका लागि निवर्तमान अध्यक्ष खगेन्द्र माखिम, उपाध्यक्षहरु प्रेमराज लावती, सरु सिंगक,    सरकुमारी आठपहरिया, सचिव शर्मिला आङ्देम्बे र कोषाध्यक्ष नगेन्द्र लिम्बू पारघरीलाई विशेष धन्यवाद व्यक्त गर्दछौं ।

३. सर्वप्रथम पहिचानमा आधारित १० प्लस १ प्रदेशसंगै लिम्बुवान प्रदेश स्थापना गर्ने उद्देश्य र सपनाका साथ हामी राजनीतिमा आएका हौं । लिम्बुवानको लागि इमान्दार पुर्वक एकतावद्ध रूपमा उभिनु पर्दछ भन्ने विश्वास पनि लिएका छौँ । अहिलेसम्म लिम्बुवान कै लागि संघर्ष गर्दै आयौं र अब पनि लिम्बुवान कै लागि सम्झौताहिन संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
हामी प्रतिबद्ध छौं, लिम्बुवान भुमि भित्र रहनु हुने सबै समुदायको साझा प्रदेशको रूपमा “लिम्बुवान प्रदेश” हुनेछ, र लिम्बुवान    आन्दोलनसंगै स्वायत्त क्षेत्रहरु सुनिस्चित हुनेछन् । सबैखालका विभेदको अन्त्यसहितको लिम्बुवान प्रदेश हुनेछ । लिम्बुवान प्रदेश  सुनिश्चितताको लागि “नेपालको अबको आठौं प्रदेश, लिम्बुवान प्रदेश” भन्ने नारा सहित एकतावद्ध भएर अघि बढ्न आह्वान  गर्दछौं ।

४. कोसी नाम विरुद्धको आन्दोलनमा प्रारम्भदेखि संघर्षरत छौं । अहिले हामी प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको       सचिवालय सदस्यको रूपमा छौं । सो संघर्ष समितिको आव्हानमा कोसी नाम विरुद्ध घोषणा भएका सबै आन्दोलनका कार्यक्रमहरुलाई सफल बनाउन विगत झै शसक्त रूपमा परिचालन हुनेछौं ।
हामी प्रष्ट छौं, कोसी नाम मान्दैनौं । जबसम्म प्रदेश नं. १ को नाम पहिचानको आधारमा नामकरण हुँदैन तब सम्म अबिचलित रूपमा आन्दोलन जारी रहनेछ । र पहिचान, सांस्कृतिक अतिक्रमणका आन्दोलनहरु परिचालन गरिनेछ । साथै सो सम्बन्धि हुने आन्दोलनहरुलाई साथ र समर्थन पनि हुनेछ ।

५. लिम्बुवानमा ब्याप्त भ्रष्टाचार विरुद्धमा शसक्त आन्दोलन गर्ने, गुणस्तरिय शिक्षा, सुलभ स्वस्थ्य, सुशासन, जनजीविकाका सवालहरुमा सधै आवाज बुलन्द गर्ने, महङ्गी, बेरोजगारी समस्याको समाधानको लागि भुमिका निर्वाह गर्ने ।

६. मिति २०८० मंसिर ९ गते फेदेन, पान्थरमा सम्पन्न पुनर्गठन बैठकबाट निर्वाचित नयाँ कार्य समितिको नामावली निम्नअनुसार रहेको छ ।

अध्यक्षः जेन्टल लावती (डम्बर), उपाध्यक्षहरुः एविराज आङदेम्बे, सन्जय मेवाहाङ राई, अग्नीमाया मेचे, मुख्यसचिवः केदार धिमाल,  सचिवहरुः अजितकुमार धिमाल, हेमराज जिमि, सुश्मा राई, कोषाध्यक्षः टूपेन्द्र एक्तेन

सदस्यहरुः प्रदिप मादेन नानी, सुजित ओख्राबो, सजिव योङया, जकेन्द्र लावती, टीआर आङदेम्बे, क्षितिज लावती, रोहित आङबो,  हेमराज माङमु (राकेश), कमल नेम्बाङ, काङ्सोरे सुन्दर लावती, विशेश्वरप्रसाद बेघा, मोहन देवान, बिक्रम लिम्बु लेक्वा, श्याम    एक्तेन, प्रेमचन्द्र लेप्चा, मणि लुङगेली मगर, दिपा निङ्लेकु, देउमान चेम्जोङ, खड्क लिम्बु खाम्बेक, नारायणमान गुरुङ, किशोरचन्द्र इङनाम, मोहनकुमार धिमाल, श्रीप्रसाद धिमाल, रिता खापुङ, कमला रुम्दाली राई र लिला राई ।

मनोनीत : सन्तोष कुरुम्बाङ, सोनिका आठपहरिया, सुर्य तमू, सुरेन्द्र सुहाङ,  मनमाया आङ्देम्बे, ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button