आदिवासी

सिक्किममा युमा साम्याेकाे जागरण कार्यक्रम

२४ सेप्टेम्बर, गान्ताेक(सिक्किम) । युमा धर्म र याक्थुङ पहिचानबारे दक्षिण सिक्किममा जागरण कार्यक्रम सम्पन्न भएको छ । सुक्खिम पुङ्वा युमा साम्याे साेसाइटीले रविटारमा सचेतना तथा जागरण कार्यक्रम गरेको हाे ।

गत साता दक्षिण सिक्किमको रवितार मङ्हिममा सोसाइटीका अध्यक्ष विजय प्रताप हाङ सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । अध्यक्ष सुब्बाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिक्षक बुद्धिदास पङ्धाकले याक्थुङ मुन्धुम र यसको महत्व, शिक्षिका र अहो मङ्घिम, पूर्वी सिक्किमकी अध्यक्ष विन्दु सिङ्धाबाले युमा साम्यो र यसको संरक्षण र संरक्षणबारे बाेले । त्यस्तै, महासचिव एवम् लेखिका सन्ध्या सिङ्जाङ्गोले याक्थुङ पहिचान र मुन्धुमबारे प्रकाश पारिन् । रवितार मङ्घिम समितिका अध्यक्ष शबुद्धिराज लिम्बुले समेत बाेलेकाे कार्यक्रममा याक्थुङ लिम्बु भाषाका शिक्षक टेमेन ह्याङ लिम्बुद्वारा धन्यवाद व्यक्त गरिएकाे थियोे । कार्यक्रम तेेमेनहाङ लिम्बुुले सञ्चालन गरेका थिए ।

कार्यक्रममा सहभागीहरू ।

उक्त कार्यक्रममा रविटार मङ्घिम समितिका अध्यक्ष बुद्धिराज लिम्बु, रवितार मङ्घिम वडा पञ्चायत अंशमान लिम्बु, रवितार वार्ड पञ्चायत प्रविना लिम्बु साथै स्थानीय वरपरका तुम्याहाङ र युवाहरूकाे सहभागिता रहेको थियोे ।

कार्यक्रममा धारणा राख्दै समाजकी महासचिव एवम् लेखिका सन्धया सिङ्जाङ्गाे ।

रवितार मङ्हिम विगत १० वर्षदेखि मङ्घिम वार्डको रूपमा मान्यता प्राप्त पहिलो वार्ड हो । एकदिवसीय कार्यक्रमको मुख्य उद्देश्य याक्थुङ मुन्धुम, पहिचान, पेली–फाङ्साम र मङ्हिमप्रति चेतना जगाउन सुक्खिम पुङ्वा युमा सम्यो समाजले कार्यक्रम आयोजना गरेको महासचिव सन्ध्या सिङ्जाङ्गाेले बताइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button