समाचार

कुम्मायक गापामा पहिचानवादी मोर्चा विस्तार

२० डिसेम्बर, या:सक । पान्थर कुम्मायक गापा- १ स्थित या:सकमा भएको पहिचानवादी मोर्चाको भेलाले पहिचानवादी मोर्चा कुम्मायक गाउँपालिका कार्य समिती गठन गरेको छ ।

शुक्रबार भएको भेलाले तारानाथ सम्बाहाम्फे संयोजक, इन्द्रकला लाओती र अमर लओती सहसंयोजक, सन्दिप सम्बाहाम्फे सदस्य सचीव, तेज प्रकाश लाओती आर्थिक विभाग प्रमुख सहित २१ सदस्य पहिचानवादी मोर्चा कुम्मायक गाउँपालिका कार्य समिति निर्वाचित गरेको हाे ।

उक्त भेलाले पहिचानवादी महिला मोर्चा कुम्मायक गाउपालिका कार्य समितीि पनि गठन गरेको छ । महिला समितिको संयोजकमा सुनिता लाओती, सह-सहयोजकमा सरस्वती नेम्वाङ र सदस्य सचिवमा देवीमाया लिम्बु सहित ११ सदस्य समिति निर्वाचित गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि पहिचानवादी मोर्चाका संघीय संयोजक प्राडा. महेन्द्र लाओती, अतिथिहरु सह संयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथा लिम्बुवान प्रदेशका सदस्य सचिव केदार धिमाल, संघीय सदस्यहरु सेन्छेहाङ लाओती, जकेन्द्र लाओती, मिसेकहाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

संयोजक तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा भएको उक्त भेलामा पूर्ण लिम्बुले सञ्चालन गरेका थिए ।

Related Articles

Back to top button