आदिवासी

त्येअङ्सी सिरिजङ्गाको ३२० औ जयन्तिको अवसरमा सिरिजङ्गा लिपी लेखन प्रशिक्षण सम्पन्न

बेलायत,
गत १२ डिसेम्बर २०२४ को दिन किरात याक्थुङ् चुम्लुङ् युकेको भातृ संगठन याक्थुङ् वेन्सा चुम्भो युकेले त्येअङ्सी सिरिजङ्गाको ३२० औं जन्म जयन्तीको अवसरमा भर्चुवल ‘सिरिजङ्गा स्क्रिप्ट वोर्कसप ट्रेनिङ’ कार्यक्रम संस्थाका अध्यक्ष हाङ्मा लाओतीको अध्यक्षतामा सम्पन्न भएको छ ।

कियाचु युकेका अध्यक्ष कमला सेन्दाङ लगायत केन्द्रीय पदाधिकारी तथा शाखा र याक्थुङ् वेन्सा चुम्भोका पदाधिकारी साथै याक्थुङ् समुदायका विभिन्न देशबाट सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष सन्देश नेम्वाङले गरेका थिए भने सम्पुर्ण उपस्थितिलाई संस्थाका अध्यक्ष हाङ्मा लाओतीले स्वागत गर्दै सेसन सुरु भएको थियो ।

उक्त वर्कसपमा सिरिजङ्गा लिपि लेखन र याक्थुङ पान अभ्यास सेसन युकेको समय ६ बजे देखि ८ बजे सम्म संचालन भएको थियो । संसारको जुनै कुनामा रहेर पनि आफ्नो भाषा,लिपि र संस्कृतिको संरक्षण,संवर्दन, प्रवर्दन र अभ्यास गर्नु पर्ने आजको आवस्यकता र महत्व दर्साउदै याक्थुङ् पान अर्थात लिम्बु भाषा र सिरिजङ्गा लिपिको सेसन सहजिकरण तथा प्रशिक्षण सस्थाका भाषा, लिपि र संस्कृति प्रमुख टेक माबोहाङ्ले गरेका थिए ।

कार्यक्रमको अन्तमा याक्थुङ् वेन्सा युकेका संस्थापक संयोजक लाहाङ् चेम्जोङ् र कि या चु युकेका केन्द्रीय अध्यक्ष कमला सेन्दाङले संस्थाको यो कामलाइ प्रसंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गरि कार्यक्रम सम्पन्न भएको थियो ।

Related Articles

Back to top button