दशैं र साँस्कृतिक शहिद रिदामा र राम्लिहाँङको सम्झना – सुहिम याक्थुङ
जब नेपाली हिन्दुहरुको महान चाड दशैं आउछ तब सांस्कृतिक शहिद रिदामा र राम्लिहाँङको सम्झना स्वभाविक रुपमा आउदछ ।
इस्वी स. १८६७ मा धनकुटाको आठपहरिया गाँउमा जर्बरजस्त दशैं मनाउन लगाउन जंगबहादुर राणाका सेनाहरु पुगेका थिए । उक्त गाँउका रिदामा र राम्लिहाँङले हाम्रो आफ्नै चाड छ भनी दशै मनाउन मानेन्न तब राणाका सेनाहरुद्धारा उनीहरुलाई झुण्डाएर मारियो ।।
त्यो समयमा दशैको महानवमी (मार)को दिन बोका, राँगा, सुंगुर, कुखुराको बलि दियो कि दिएन भनी हेर्न पुलिसहरु घरघर आउथे, आलो रगत लागेको ५ औलाको छाप ढोका माथि लगाउनै पर्दथ्यो तब दशै मनाएको, हुकुम पालन गरेको ठहर्दथ्यो । त्यसरी आदीवासी जनजातिहरुलाई बेकुफ र दासी बनाउन जब्बरजस्ती गरेको इतिहास पाइन्छ ।
आदीवासी जनजाति जसले दशैं बंहिष्कार गर्दै आएका छन् उनीहरुलाई शहिद रिदामा र राम्लिहाँङको आर्शिवाद छ । जर्बरजस्त हिन्दुमा रुपान्तर गराइएका जनजाति जसले यो बुझेर पनि दशै मनाई रहेका छन् उनीहरु सधैसधैको लागि दासी हुन, कमारा हुन लायक भएको स्पष्ट हुन्छ ।
धर्म र संस्कृतिको अप्रत्येक्ष शक्ति बुझ्न विश्वविख्यात नेल्सन मण्डेलाका यो बाक्यलाई अध्ययन गरौ – जब गोराहरु हाम्रो देशमा आएका थिए त्यसबेला उनीहरुको हातमा बाईबल थियो र हाम्रो हातमा जमिन थियो । त्यसपछि हामीले आँखा चिम्लिएर बाईबल समात्यौ तब आँखा खोल्दा हाम्रो हातमा बाईबल थियो र गोराहरुको हातमा हाम्रो देशको शासन र जमिन थियो ।
जनजातिहरु आफ्नो मौलिक चाडपर्बलाई मुख्यरुपमा मनाउदै दशैंलाई जब छोड्छन तब मात्र यसदेशमा जातियमुक्ति सम्भव छ । यदि दशैलाई मनाउदै जाने हो भने गोराहरुबाट कालेहरुले दाम्लोमा बाँधिएर बेचिनु परेझै जनजातिहरु जसले दशैं मनाईरहेका छन् उनीहरु कालन्तरमा बेचिनु पर्ने सम्म हुनसक्छ ।
दशैं मनाउने चलन नेपाल भन्दा बाहिर भारत, श्रीलंका कतै पनि छैन । नेपाल भित्र पनि सबै जातिले यो चाड मनाउदैन्न त्यसैले यो दशैं नेपाली हिन्दुहरुको मात्र मुख्य चाड हो । यो चार्ड केवल आदीवासीहरुलाई मनोवैज्ञानिक पक्षबाट बेकुफ बनाउन सत्ता र शक्ति भएको बखत नेपालमा मात्र जर्बरजस्त लादिएको हो । जसको फलस्वरुप अधिकांस जनजातिहरु अहिले पनि घोगा नलाग्ने मकैको बोट झै बनेका छन् । हेर्दा एउटा पहिचान बोकेको जाति जस्तो देखिए पनि बास्तवमा उ जाति होइन दास मात्र बनेको अवस्था छ ।
दशैं संस्कृति लाद्न त्यसवेला हजारौ मुन्धुम तथा अन्य धर्म संस्कृतिका पुस्तकहरु जलाईए । धेरैलाई फाँसी दिइयो जसमा शहिद रिदामा र राम्लिहाँङ पनि पर्नुभएको थियो ।
शहिद रिदामा र राम्लिहाँङको सन्तान धनकुटाका आठपहरियाहरु हुन । उनीहरुले अहिले पनि दशैं मान्दैन्न । उनीहरु आफ्नै पोषाक लगाउछन् । उनीहरुले अहिले सम्म लगाउदै आएको पोशाकलाई किरात लिम्बु लगायतले आफ्नो मौलिक पोषाक ग्रहण गरेका छन् । गौरवमय इतिहास बोकेका आठपहरियाहरु शोषणबाट मुक्तिहुन जुर्मुराई सकेका छन् ।
हामीले सबैसंग धार्मिक सहिष्णुता राख्दै आफ्नो मौलिक चाड किरात उधौली (फोलष्यादर, चोसुवा, साकेला, चासोक तङनाम) लोसार, छठ, माघी चाहि विशेषरुपमा मनाउनु पर्दछ । उक्त अवसरमा नाताकुटुम्ब संग भेटघाट गर्ने, टाढा रहेका छोराछारीहरुलाई बोलाई मिठो मसिनो खुवाउने, आर्शिवाद दिने गर्नुपर्दछ ।
समाप्त
अक्टोबर २०१२