आदिवासी
मानवता विरुद्ध सरकारको अपराध फूङलिङ काण्ड विरुद्ध ब्यापक भर्चुवल आमसभा

गत २ मार्च २०२५ का दिन ताप्लेजुङ बजारमा सशस्त्र प्रहरीद्धारा गरिएको मानवता विरुद्ध अपराध फूङलिङ काण्डको बारेमा जानकारी दिन तथा विचार लिने उद्देश्यले ब्यापक ग्लोबल भर्चुवल आमसभा सम्पन्न भयो ।
विश्वभरबाट १८६ जना जुम बैठकमा सहभागी भएर एकैस्वरमा भने पाथीभरा मुक्कुमलुङमा केबलकार बनिनु हुदैन । ताप्लेजुङ फूङलिङमा प्रहरी ज्यादती सोच्नै नसकिने र सरकारको नियत जनघाती रहेको बताए । शिर्षस्थ नेता डकेन्द्र थेगिम, कुमार लिङदेन, प्रोफेसर महेन्द्र लावती, राम मादेन, खगेन्द्र माखिम, आङकाजी शेर्पा लगायत दर्जनौले आआफ्नो कुरा राखे भने प्रत्येक्षदर्शी तथा पीडित चन्द्र मादेन, पत्रकार ललितसेन सुनुवारले घटनाको बर्णन गरेका थिए ।
करिब ५ घण्टा चलेको जुम सभामा घटनाको बारेका ब्यापक छलफल भएको थियो ।