सुगुप चलचित्रले जित्यो राष्ट्रिय पुरस्कार
ललितपुर, १२ मंसिर । याक्थुङ लिम्बु कथामा आधारित चलचित्र “सुगुप” विशेष चलचित्र पुरस्कार २०६० (२०२४) ले सम्मानित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको हस्तवाहुलीबाट नगद दुई लाख रुपैयाँ, सम्मानपत्रसहित पुरस्कृत भएको हो ।
चलचित्र विकास बोर्डको आयोजनामा आयोजित कार्यक्रमका चलचित्रका निर्देशक लोकेन साँबाले सम्माननीय राष्ट्रपतिज्यूको हस्तवाहुलीबाट सो सम्मान लिएको नेपाली समाचारपत्र लाई बताएका छन् । यो अवार्डले सम्मानित हुन पाउँदा आफूमा थप जिम्मेवारी बढेको र आगामी दिनहरुमा थप सिर्जनात्मक कार्य गर्न हौसला मिलेको निर्देशक लिम्बुले बताए । उनले नेपाली चलचित्र निर्माणमा थप प्रोत्साहन समेत मिलेको महसुस भएको बताए ।
नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालयको सहयोगमा विकास बोर्डले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विधाका विजेताहरुलाई समेत सम्मान र पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङकाे विशेष उपस्थिति रहेकाे थियाे ।
चौथो आदिवासी जनजाती चलचित्र महोत्सव २०८१ मा सर्बाधिक दर्सकको रोजाइमा परि पब्लिक च्वाइस अवार्ड सहित चार बिधामा अवार्ड हात पारेको थियो । उक्त कार्यक्रममा यो चलचित्रले ३५ हजार नगद पुरस्कार प्राप्त गरेको थियो । यसैगरी चलचित्र सुगुपले दोस्रो इन्टर नेसनल इन्डिजिजियस म्युजिक एण्ड चलचित्र अवार्डमा उत्कृष्ट निर्देशक लोकेन साँबा लिम्बू, उत्कृष्ट नायिका बबिता नेयोहाङले जितेका थिए ।
यसरीनै छैटौं संस्करणको एफएलएफ अवार्ड २०८१को उत्कृष्ट चलचित्र “सुगुप”ले हात पारेको थियो भने उत्कृष्ट अभिनय प्रस्तुति नायिका बबिता नेयोहाङले जितेकी छिन् ।
याक्थुङ जातिमा प्रस्वपीडामा अर्थात सुत्केरी व्यथाका कारण ज्यूँदाे या मृत बच्चा जन्माउने क्रममा अथवा प्रस्तूति व्यथाकै कारण अकालमा मृत्यु हुने महिलालाई सुगुप् भन्ने प्रचलन रहेको छ ।
लिम्बु समुदायमा साप्पोक चोमेन (गर्भ पुजा ) गर्दा या नगर्दाको पीडा र परिवारमा बेमेल हुँदा आउने समस्यालाई र सुगुप भएर मृत्यु वरण गरेकी महिलालाई संस्कारलाई मुख्य विषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र “सुगुप” हाल गरि देश विदेशमा ६४ स्थानहरुमा प्रदर्शन भैसकेको निर्देशक साँबाले बताए ।
चलचित्रका मुख्य निर्माता एव्म प्रस्तुतकर्ता रविन कुमार नाल्बोले दर्शकको रोजाईमा रहेको चलचित्र सुगुप धेरै स्थानहरुमा प्रर्दशनको माग आए पछि सुगुप चलचित्रलाई नेपाली भाषामा स्वराङ्कन गरि नेपाली भाषामा पनि दर्सक महानुभाव सामु पुर्याउने योजना रहेको बताए ।
निर्देशक साँबाले यस अवार्डको हक्दार बन्न पाएकोमा सुगुप चलचित्र निर्माण परिवार, मुख्य निर्माता एवम् प्रस्तुत कर्ता/निर्माताहरु सम्पूर्ण नायक नायिका कलाकार, कलररिस्ट मेकपमेन, ड्रेस डिजाइनर, प्रोड्क्सन मेनेजर, नृत्य निर्देशक, द्वन्द्व निर्देशक, गायक गायिका, गीतकार, पट कथाकार छायाँकार, सम्पादन, पार्श्व संगीतकार तथा प्राविधिकहरु, सल्लाहकारहरु, छायाँङकन स्थलका सबै महानुभावहरु र मिडिया पाटर्नर सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।