समाचार

याक्थुङ मुन्चइत् अक्षयकोष स्थापना

११ सेप्टेम्बर, काठमाडौँ । याक्थुङ लिम्बू समुदायका चलचित्रकर्मीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले ‘याक्थुङ मुन्चइत अक्षयकोष’को स्थापना भएको छ ।

बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष स्थापना गरेको हो ।

समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा नन्दु तुम्बापो र सदस्यहरुमा कल्पना योङ्हाङ, शैलेन्द्र नाल्बो, रत्ना लिङ्देन लावती र तिर्थ मादेम्बालाइ निर्वाचित गरेका छन् । भेलामा संघीय अध्यक्ष सागर केरुङ, संघीय सल्लाहकार यासेली योङ्हाङ, किरात याक्थुङ चुम्लुङ्का संघीय उपाध्यक्ष गोविन्द आङ्बुङ लगायतले शुभकामना कामना दिएका थिए । याक्थुङ मुन्चइत चोक सयङ्ले न्युनतम २५ बर्ष लिम्बू कला क्षेत्रमा जीवन बिताएका ७० बर्ष उमेर नाघेका अग्रज कलाकारहरुलाइ मासिक ११५१ रुपैयाका दरले पेन्सन दिने तयारी गरेको महासचिव रुपा आङ्बुहाङ्ले बताइन् ।

Related Articles

Back to top button