समाचारसाहित्य सिर्जना

पहिचान पुरस्कारका लागि आठ कृति छनाेट

१० सेप्टेम्बर, काठमाडौं । पहिचान पुरस्कार कोषले २०८० को लागि उत्कृष्ट ८ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु सिलीदुङ (गीलु रातोस), गोपीचा (विश्व कुइकेल), आगोको पिदार(मिथोच), ओ पेङ्दोर्जे (राजु स्याङ्तान), चिया गफ (प्रवीण खालिङ, भारत), सपनाहरुको बही (अभागी थेगुवा), मुन्दुम ट्रेल (श्याम सामसोहाङ राई), त्यसरी त कहिल्यै सोचिएन (निर्भीकजङ्ग रायामाझी) रहेका छन् ।

यसभन्दा अगाडी ११ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ ।

राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त प्रदान गरेको छ । त्यसै गरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदम, अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ त्यसैगरी प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ र प्रकाश गुरागाईंको कृति ‘जङ्क्सन पिपलबोट (नयाँ सडकको कथा)’ लाई संयुक्त रुपमा पुरस्कार यस अघि प्रदान गरिसकेको छ ।

पुरकस्कार राशी ४,०२,००२ (अक्षरेपि चार लाख दुई हजार दुई रुपैयाँ) रहेको काेषका संस्थापक नरेश काङमाङ राईले जनाएका छन् ।

Related Articles

Back to top button