स्थानीय

धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्यो

पांचथर । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ ।

कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो ।जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी दिए।“अहिले प्रहरीको टोली त्यहाँ पुग्दैछ,” उनले भने ।

प्रत्यक्षदर्शी सागर ढकालले पनि गाडी खसेको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत् उद्धारका लागि अनुरोध गरेका छन् । उनका अनुसार कार्तिके नजिकै गाडी खसेको हो ।

Related Articles

Back to top button

This will close in 0 seconds