हाम्रा पुर्खाले लाखौं करोडौं वर्षहरु पशुतुल्य जीवन विताए । कम आवश्यकता भएकाले फुकाफाल जीवन । संधै फुर्सत । एकदुई घण्टा शिकार गरेर खानु, हग्नु, सुत्न बाहेक खासै काम थिएन । बाँकी समय पुरुषहरु रुखमा चढेर पालाम गाउने, पात बजाउने, सुशेली हान्यो, तरुनी फकाउने काम गर्थे, किनकि त्यो समय कसैको नीजि स्वास्नी हुन्नथ्यो । महिला चाही बालबच्चा हुर्काउने बिशेष काम गर्थे । ७० हजार वर्ष पहिले चेतनाले काम गर्न थालेपछि मात्र नयाँ उपायका खोजिमा लागे र निरन्तर सफलता मिल्दै गयो । १० हजार वर्ष अघि जंगली जीवनबाट कृषी युगमा प्रवेसपछि मात्र व्यवस्थित स्थायी बसोवास, नीजि सम्पति, नीजि परिवार सभ्य समाजमा रुपान्तरण हुन थाल्यो । आजकाल हामी १८ घण्टा काम गरेपनि शान्ति छैन । फुर्सत छैन । समयले सबैलाई असार १५ बनायो ।
कृषि क्रान्तिले ल्याएको उभार हाम्रो लागि टाउको दुखाई भयो । हाइ डजको पेन किलर खपद बढ्दो छ । रनै चिन्तकहरु भन्छन कृषि क्रान्ति धोका हो । हामी मान्छेहरु प्रेममा धोका खाएका पागल प्रेमी भएकाछौं ।
खेतिपाती गर्ने काम जानेपछि यो लोकमा अस्तित्वमा रहेका बाँकी ८७ लाख प्रजातिमाथि दुईखुट्टे मान्छेले साशन गर्न थाल्यो । हिब्र विश्वविद्यालयका प्राध्यपक युवल हरारीको विचारमा कृषि क्रान्तिपछि नीजि सम्पत्ति र परिवारको अवधारणसंगै मान्छेसंग लोभ बढ्न थाल्यो । उनीहरु मिथक, धर्म, राज्य र पैसाको फसाउने नयाँ जाल बुन्न थाले । वास्तवमा यि सबै भ्रम र जालसाजी कार्य थिए र हुन । कृषि क्रान्तिले हामी धेरैजसो “मान्छेले गाई र गहुँलाई घरपालुवा बनायौं भन्छौं तर हरारे चाही गाई र गहुँले मान्छेलाई घरपालुवा बनाएको” अनेक तथ्यहरु पेश गर्छन । उनको दावी छः कृषि क्रान्ति मानव इतिहासकै सबैभन्दा ठूलो धोकाको कुरुप परिदृश्य थियो ।
कृषि क्रान्तिको जगमा मान्छेहरु पशुबाट आजका सभ्य मानव समाज समृद्धीको शानदनर कथा र बाँकी ८६ लाख ९९ हजार ९ सय ९९ को दुखका व्यथा लुकेका छन ।
कृषि क्रान्तिका थुप्रै चरण र आयमहरु छन, होलान । १० हजार पहिलाको शिकारी पुर्खा खेति गर्न थालेको र युरोप खासगरी ब्रिटेनको कृषि क्रान्ति सम्झनलायक छन । सुरुमा हामीसंग माटो खन्ने कुटोकोदालो, हलो औजार केही थिएन । सुँगुरले उधिनेको माटो वा कतै खुला ठाउँको फसफसे माटोमा केही उमारियो र यसमा ढुंगा र काठका केही खोस्रने औजार प्रयोग भए । विस्तारै खन्ने औजार, जोत्नका लागि गोरु, घोडा, उँट प्रयोगमा आए । फलाम आविष्कारले चमत्कार ल्यायो । युरोपकै औद्योगिक क्रान्तिसंगै कृषिमा आमूल परिवर्तन आयो । कृषि क्रान्तिअघि हरेक गाउमा अनिगिन्ति छोटेराजा र मालिक हुन्थे । पूरै युरोपको जमिन राजामहाराजा र चर्चका पादरीहरुको हातमा र किसान चाही जोत्ने र कुत तिर्न वाध्य हुन्थे । ६ दशक पहिलेसम्म नेपालमा जमिनको दुई तिहाई भाग राजा र कथित सिमित पण्डित खलकको विरता थियो । अझपनि कुन वर्गसंग कति प्रतिशत जमिन छ र किसानसंग कति ?
कृषि क्रान्तिपछि एउटा ट्याक्टरले एक दिनमा साढे तीन बिघा जमिन जोत्ने भयो । किसानको घरमा ट्याक्टर नभएपछि उत्पादन र वितरण सबै साहुजीको कब्जामा गयो । र, हामी नेपाली श्रम बेचेर नगदमा अन्न किनेर धानको भात खानेमा पर्यौ ।
मान्छे बाच्नलाई अति आवश्यक हावा, पानी र एक डल्ला ढींडोनै काफि छ । हामी प्रकृतिको पूजा गर्छौं । प्रयोग गर्छौं । अगस्ति खानलाई प्रकृतिको दोहन गर्छौं । ढींडोले पुगेन । धानको भात चाहियो र चारकोशे झाडी फांड्यौं । चरेस, डल्लोदेखि सिंगो हवाइजहाज पचायौं ।
असार पन्द्र कि जात्रा ?
उहिले गाउँमा दही चिउरा खाएर असार पन्द्र मनाइन्थ्यो । असार १५, असारे गित ९हलो र जुवा कोदालो हातमा लिएर बाबाले, पटुकी कसि डोकोमा खाजा बोकेर आमालेः –केशवती पोखरेल, उब्जनी०, रोपाहार, बाउसे, हली, ब्याडे, दहीचिउरा नितान्त किसानको जीवन र प्रकृतिमा उत्पन्न सांस्कृतिक पर्ब थियो । दही र चिउरा दुवै किसानले उत्पादन गर्ने खाँटी गाम्ले परिकार । यसलाई बनाउन अहिलेको कुनै आधुनिक उपकरण चाहिन्दैन । किसानले आफै खेतमा उत्पादन गरेको धान भूटेर ओख्ली वा ढिकीमा चिउरा बन्छ । घरैको गाईभैंसीको दुधबाट हाम्रै ठेकीमा दही बन्छ ।
किसानको दैनिक जीवनसंग सिधै संविन्धत सुद्ध दही चिउरा खाएर असार १५ मनाउने चलन शहरका नेता र जग्गा दलालीहरुले सिंहदरवारमा ल्याएका छन । अनि कमरेड हरिप्रसाद पराजुलीहरु रोपारेको स्तनमा पिङ खेल्छन । असार १५ लाई रोपाइँ मोहत्सवसम्म मान्न सकिएला तर कहिल्यै खेतको हिलो नपसेका दलालहरु काठमाण्डौमा ‘राष्ट्रिय धान दिवसको’ जात्रा देखाउछन ।
कृषिप्रधान कि भोकमारी ?
धान भोजनको राजा र नभइ नहुने । नेपाल कृषिप्रधान देश । विद्यालयको पाठ्पुस्तकमा अझै यस्तै गलत शिक्षा दिइन्छन ।
मलाई लाग्छ नेपाल कृषीप्रधान देश होइन । किनकि हाम्रो उत्पादनले नपुगेर वर्षेनी खर्वौंको अन्न बेसाएर हाम्रो भाते पेटको भोक मेटाउछौं । धान चामल बाहेक मकै, कोदो, सागसब्जी, मसला, माछामासु, दालचिनी सबै किनेरै खान्छौं ।
धान उत्पादन पहिलेभन्दा बढेको सरकारी तथ्यांकले देखाएपनि कृषिमा समस्या थपिन्दैन छन । कृषिप्रधान भन्ने अनि २ प्रतिशत वजेड छुट्याएर राज्य आफै उल्टा काम गर्छ । काम गर्ने उर्जाशिल आधा जनशक्ति बिदेशमा, १५ लाख युवाहरु राजनीतिक दलका दलाली गरेर भाते पेट भर्छन । उत्पादन हुने उर्बर जमिनमा आकाशे घर ठडिएका छन । मल, वीउ र सिचाँइको चरम समस्या छ । तरपनि गुगलमा सर्च गर्यौ.भने नेपाल धान फलाउने प्रमुख देशहरुमध्य १६ नंबरमा पर्छ ।
बिडम्वना विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । समग्रमा नेपाल भोकमारीको देश हो । धान उत्पादनमा १६ औं स्थानमा रहेको नेपाल कसरी भोकमारीको ७३ औं भयो । खाने मुखको संख्या ४९ औं स्थानमा । तर किन हामी वर्षेनी ४० औं अर्वको चामल किनेर खान्छौं । मकै, कोदो गहुँको परम्परागत ढिंडो, रोटी, खोले, भूटेको मकैको काम कता गए ?
भाते भूँडी भाग्यवादी चेतना
धानको भात विना हाम्रो भान्सा चल्दैन । आफै बारीमा फलेको कोदो, गहुँ, जुनेलो, भटमास, आलु पोषणयुक्त अन्न बेचेर डलरमा अमेरीकी चामल किन्छौं । अर्को चाही हजारौं वर्षदेखि हामीसंग चामल सौन्दर्य मोह भाग्यवादको रोग छ । राष्टिय तथ्यांक विभागकाअनुसार नेपाललाई ६५ लाख मेट्रिक टन चामलले सबैको भाते भूँडी भर्नुपर्ने तर ७५ लाख मेट्रिक टन चामल खपत भयो भन्छन । १० लाख मेट्रिक टन चामल गायब भएकोमा चिन्तित पण्डितहरुलाई के थाहा ? हामी वर्षमा कति चामल आगोमा ओम स्वाहः गर्छौं । दशै टीकामा मात्र झण्डै ५ लाख किलो चामल नष्ट हुन्छ । मर्दा हरेकको टाउकोमा १ माना चाहियो । धामी झाक्रीलाई चामल बिना जोखना आउदैन । मुखमा खानुपर्ने चामल घीउसंग मुछेर आगोमा पोल्ने भाग्यवादी चिन्तननै अनिकालको प्रमुख कारण बन्छ ।
अनिकालमा भोका गरीब माग्न आए गाली गर्दै लखेट्छौं वा सिठो पीठोले टार्छौं । मगन्ते बाहुन, जोगीलाई चाही चामलदेखि गाईसम्म सीदा र दानकोरुपमा दिन्छौं । कोरोना संक्रमणले पण्डितहरु घरघरमा गएर संकलनमा समस्या आएपछि ुहाम्रो पात्रोुले इन्टरनेटको प्रयोगगरी एपबाटै सीदा दान असुल्ने काइदाको आइडिया निकाल्यो ।
विश्वमा धेरै अन्न उत्पादन र खपत हुने पहिलो गहुँ, दोस्रो मकै र आलु तेस्रो स्थानमा छ । धान चौथो स्थानमा भएपनि हाम्रो एक नंबर पाउनको रहस्य कुनै अनौठो र नौलो विषय होइन । किनकि चामल पवित्र अन्न भएकाले हामी आगोमा पोल्छौ । चामल चोखो, सुन्दर र मिठो बनाउन अनेको सौदार्यशास्त्र कथाहरु बुनिएका छन । रनै कथित किरात धर्मका नाममा मेरै समुदायका मान्छेहरु धान पोलेर स्वर्ग खोज्दैछन ।
राजाको पालामा हामी लाखौं टन धान अरुलाई बेच्थ्यौं भन्ने धतुरे गफाडीहरु पनि छन । कुरो सत्य होइन । कृषि विज्ञहरु भन्छन पहिलेभन्दा धान उत्पादन ३० प्रतिशतले वृद्धि भएको छ । त्यो समय पछि जनसंख्या बृद्धिपनि खासै भएको छैन । बढेका भन्दा धेरै मान्छेहरु बिदेशीयका छन । तर किन जहिले भोकमारी मात्रै । यसको जवाफ सरल छ । त्यो समय धान धेरै फलेर नभइ पहाडतिर ओसार्ने माध्ययम नभएर हो । हामीसंग धान खरिद गर्ने पैसा नभएर हो । त्यो समय अहिले भन्दा धेरै मान्छे पहाडमा वस्थे । तर सडक यातायात नभएकाले मधेसमा उत्पादन भएको धान विदेश पठाइन्थ्यो । हामी पहाडमा अनिकाल खाएर बाँचेका हुन्थ्यौं । तरुल, भ्याकूर, घाँसपात र ठूलो अनिकालमा सिस्नुको जरासमेत खाएरपनि बाँचियो । उहिले कर्णालीतिर केटाकेटीले टीका खान्छन भनेर हात वाधिदिनेसमेत चलन थियो ।
चामलको खपत बढ्नुमा अरुपनि कारण छन । सत्यहाङ लिम्बूहरु चमल पोल्ने संख्या बढ्दो छ । तागाधारीहरुमा जाँड खान संख्यापनि अर्को कारण हो ।
राजका पालामा धानको भात खान दशैं पर्खिर्नपर्ने जुम्लाका ज्ञानेन्द्र शाही अहिले शिंहदरवार छिरेर हाम्रा राजाले धान बेचेको गफ हाक्दै छन ।