आदिवासीसमाचार

लिङ्थेप वंशावलीबारे छलफल

१४ जुलाई, विजयपुर । याक्थुङ लिम्बु वंशावलीभित्र एक वंश सेरेङ लिङ्थेप वंशावलीबारे धरानमा छलफल भएको छ । वंशावली लेखन र प्रवृत्तिबारे एक आपसमा अनुभव आदानप्रदान गर्न छलफल भएको हाे ।

लिम्बुवान अध्ययन केन्द्र विजयपुरकाे आयोजनामा भएको छलफलमा साङधुङगेहाङ सेरेङ लिङथेप लिम्बू वंशावलीका लेखक उत्तम कुमार लिङ्थेप १९२४ बाट वंशावली लेख्न सुरु भएको बताए । उनले वंश, समुदाय, संस्कार संस्कृृतिबारे बहस भइरहेको बेला आफूले पाँच महावंशमार्फत २९ वंश, ३०० बढी थरहरू उत्पत्ति भएको सिद्धान्त ल्याएको जनाए । उक्त वंशावलीउपर लेखक एवम् कियाचु सङ्घीय उपाध्यक्ष डा. कमल तिगेलाले टिप्पणी गरेका थिए ।

सो अवसरमा आङलाबाङ (आङखेवा) वंशावलीका शाेधकर्ता/सम्पादक नारायण आङलाबाङ, लुम्फुङवा वंशावलीका सम्पादक तथा लिम्बुवान अध्ययन केन्द्र, धरानका अध्यक्ष नरप्रसाद लुम्फुङवा, पाङगेनहाङ वंशका प्रतिनिधि जगत पाङगेनहाङ, हाङस्रोङ वंशावली खोजकर्ता प्रवेग हाङस्रोङ उपस्थित थिए ।

त्यस्तै, थाम्देन वंशावलीका सम्पादक विष्णु थाम्देन, तिल्लिङ वंशावलीका सम्पादक हितराम तिल्लिङ, कवि तथा लेखक एवम् पत्रकार अमित थेबे, लिम्बुवान अध्ययन केन्द्र, धरानका सदस्य पञ्चबहादुर साम्याङखाम, फालेच्छुवा वंशावलीका सम्पादक ताजुब फालेच्छुवा, नेपाल टेलिभजनकी याक्थुङ भाषाका समाचार वाचिका बिनु चेम्जोङकाेहरूकाे उपस्थिति रहेको थियोे ।

यसैगरी, साेही अवसरमा पत्रकारद्वय निलिफा सुब्बा र बिनु चेम्जोङलाई लिम्बुवान अध्ययन केन्द्रकाे सदस्य पदमा मनाेनीत गरिएको थियोे । कार्यक्रम सचिव हितराम तिल्लिङ मादेनले सञ्चालन गरेका थिए । केन्द्रका अध्यक्ष नरप्रसाद लुम्फुङ्वाले निकट भविष्यमा अन्य वंशावलीहरूकाे समेत चर्चा परिचर्चा गरिने बताए ।

Related Articles

Back to top button