लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा सम्पन्न
८ जून पान्थर । लिम्बु भाषा उच्च माध्यमिक शिक्षा परिषदबाग सञ्चालित लिम्बु भाषा(याक्थुङ पा:न्दाङ नु साप्सक्)काे कक्षा ११ र १२ काे परीक्षा सम्पन्न भएको छ ।
बोर्डले शैक्षिक शत्र २०८० को कक्षा १२ को परीक्षा शुक्रबार र कक्षा ११ को परिक्षा शनिबार सञ्चालन गरेको हो । शैक्षिक सत्र २०८० मा २४५ जना परीक्षार्थीहरूले परीक्षा लेखेको लिम्बु भाषा उच्च माध्यमिक शिक्षा परिषदकी परीक्षा नियन्त्रक तथा सत्यहाङ्मा माविकी प्रधानाध्यापक अमिता सुब्बाले बताइन् ।
पाँचथरको फाल्गुनन्द-२ इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक-१ यासोकस्थित पृथ्वी मावि, फिदिम-१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ-५ भालुटारस्थित सरस्वती मावि, ताप्लेजुङको फक्ताङलुङ-३ लिङखिमस्थित सिंवा मावि र मोरङको केराबारी-१ पाटीगाउँस्थित सरस्वती माविले बोर्डबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन गराईरहेको बोर्डका संयोजक मलिसा याक्थुङबाले जनाए ।
सत्यहाङमा मावि, पृथ्वी मावि, खलङगाटार मावि, इलामको सरस्वती मावि, ताप्लेजुङको सिंवा मावि र मोरङको सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको परिक्षा नियन्त्रक सुब्बाले बताइन् ।
तीमध्ये मोरङ जिल्ला केराबारी १ पाटीगाउँस्थित सरस्वति मावि मा कक्षा ११ को परीक्षा धनकुटा चौबिसे गाउँपालिका वडा नम्बर ६ की १५ दिनकी सुत्केरी रहेकी गरिमा लिम्बूले समेत लेखेकाे बाेर्डले जनाएको छ । २०६६ सालबाट लिम्बुवानमा कक्षा ११ मा याक्थुङ लिम्बु भाषाको पठनपाठन सुरु भएको हाे ।