आदिवासी

नेपाल आदीवासी जनजाति महासंघ वेलायत गठन

गत २९ मार्च २००९ का दिन अल्डरसुट स्थित सम्पन्न भेलाबाट वेलायतमा रहेका विभिन्न ९ जातिय संस्थाहरुको सहभागितामा नेपाल आदीवासी जनजाति महासंघ वेलायतको गठन भएको छ ।

मगर संघ, तमु धि, किरात सुनुवार समाज, किरात राई यायोख्खा, शेर्पा किदुङ, ह्याल्मो समाज, थकाली सेवा समाज, तामाङ समाज र किरात याक्थुङ चुम्लुङ लगायतको सहभागितामा महासंघको निर्माण भएको हो । मगर संघका अध्यक्ष थर्क रानामगरको अध्यक्षतामा तदर्थ समिति निर्माण हुनुको साथै प्रत्येक जातिय संस्थाका अध्यक्षले पालैपालो नेतृत्व गर्ने प्रावधानको शुरुवात संगै अध्यक्ष मण्डल गठन गरिएको छ जसअन्तर्गत आङ्कलजङ शेर्पा, सुवाससिं गुरुङ, विजय मुखिया, राजेन्द्र शेरचन, रवीन्द्रदेउ तामाङ, साना लामा र बमबहादुर लिम्बूलाई चयन गरिएको छ । दुई उपाध्यक्षमा चुम्लुङका पूर्वअध्यक्ष श्रीप्रसाद लिम्बू, महिला नेतृ गंगादेवी राई रहनु भएको छ भने महासचिव, सचिव, सहसचिवमा क्रमशः पदम राई, धन घले, मानध्वज घले र आर्थिक सचिवमा एकेन्द्र गुरुङ, सह–आर्थिक सचिवमा होम सुनुवार चयन हुनु भएको छ । सदस्यहरुमा ग्याम गुरुङ, भरत थापा, कमानसिं शेर्पा, थइन्द्र तुलाचन, दशरथ शेरचन, वेद लावती, भिम राई, राजु लामा, प्रेम बहादुर तामाङ, भक्त गुरुङ र विजयविक्रम लिङदेन रहनु भएको छ । सल्लाहकारमा भगवान चाम्लिङ र पूर्व क्याप्टेन चित्रबहादुर राना रहनु भएको छ । संविधान सुझावको लागि अधिबक्ता चण्डिकाराज राईलाई जिम्मेवारी प्रदान गरेको छ ।

भेलाको अध्यक्षता श्रीमति गंगादेवी राईले गर्नुभएको थियो भने उपस्थित सबैलाई थर्करानामगरले स्वागत गर्नुभएको थियो । एकेन्द्र गुरुङ, वेद लावती लगायतले महासंघको इतिहास, आवश्यकता र औचित्यको बारे प्रकाश पार्नुभएको थियो भने काजी शेर्पा, लोक गुरुङ, भगवान चाम्लिङ, लिलामान मगर, जितेन्द्र चेम्जोङ लगायत संस्थाका तर्फबाट उपस्थित सबै प्रतिनिधिहरुले बोल्नु भएको थियो ।

विगत लामो समय देखि महासंघ स्थापनाको चाहाना र आवश्यकता महशुस गरेका वेलायतवासी जनजाति आदीवासी वक्ताहरुले घरदेश वा कर्मदेश जहारहे पनि आफ्नो देश र समाजको लागि आआफ्नो ठाँउबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औल्याएका थिए । नयाँ बनेको तदर्थ कमिटीले संविधान सुझावको लागि अन्तरक्रिया कार्यक्रम जतिसक्दो चाडो गर्ने र एक बृहत भेलाको पनि आयोजना गरि पूर्ण कार्यसमिति निमार्ण गर्ने कार्यक्रम रहेको छ ।

सयौ बर्षमा एकपटक प्राप्त हुने संविधान निर्माण प्रकृयामा वेलायतमा रहेका आदीवासी जनजातिहरुको आवाजलाई पनि समेटिनु पर्ने र गणतन्त्र नेपालको संविधान निर्माणमा हुनसक्ने कुनै पनि षडयन्त्र विरुद्धमा सजग रहदै दवाबमुलक कार्यक्रम ल्याउने पनि अध्यक्ष मगरले बताउनु भयो । कार्यक्रम आयोजना तथा महासंघ निर्माणको लागि विश्वासदीप तिगेलाले संयोजकको भूमिका निर्वाह गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button