समाचार

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

दाङ, मंसिर ३ । दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

बुधबार बिहान करिब ८:३० बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो। बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए।

दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बसमा सवार अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।

घाइते हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–५ जि गाउँकी २० वर्षीया पूर्णिमा थापा र २१ वर्षीया अनिषा सुनार रहेका छन्।

त्यसैगरी बर्दियाको बाँसगढी नगरपालिका–३ का १९ वर्षीय जीवन सुनार, अन्दाजी २० वर्षीय सन्दीप सुनार, अन्दाजी १८ वर्षीया सन्ध्या सुनार, १८ वर्षीया निरुता सुनार, ११ वर्षीया प्रज्ञा सुनार, १६ वर्षीया आकृति सुनार, १९ वर्षीय हरिकृष्ण नेपाली, १६ वर्षीया मनिषा सुनार, १८ वर्षीया पूजा सुनार, १३ वर्षीया गुञ्जन सुनार, १६ वर्षीया पुष्पा सुनार, २२ वर्षीय करण सुनार, १७ वर्षीय अर्जुन सुनार, १७ वर्षीया आदित्य थापा, १८ वर्षीय विश्वास सुनार, १६ वर्षीया प्रिया सुनार, १६ वर्षीय वसन्त विक, १९ वर्षीय विश्वास सुनार, २१ वर्षीय हिमाल सुनार र १७ वर्षीया आकृति विक घाइते भएका छन्।

दुर्घटनापछि प्रहरीले बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button