स्थानीय

धनकुटा नगरपालिकामा वढाङमेट चाडको अवसरमा दुई दिन स्थानीय बिदा

धनकुटा । धनकुटा नगरपालिकाले आठपहरिया समुदायको महान् चाड वढाङमेटको अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले मंसिर ८ गते मंगलबार र ९ गते बुधबार गरी दुई दिन स्थानीय बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र सापकोटा द्वारा मंसिर ३ गते जारी सूचना अनुसार चाडको विशेष दिनमा धनकुटा नगरपालिका क्षेत्रभित्रका नगरस्तरीय कार्यालय तथा शिक्षण संस्थामा स्थानीय बिदा दिइनेछ।

उक्त बिदा अत्यावश्यक सेवा बाहेकका कार्यालय तथा शिक्षण संस्थामा लागू हुने नगरपालिकाले जनाएको छ।

आठपहरिया समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको वढाङमेट चाडको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो।

Related Articles

Back to top button