आदिवासी

बेलायतमा भव्य साक्मुरा वदेमा उभाैली याक्वा सेवा हुने

आउदो ३१ मे २०२५ गतेका शनिवारका दिन किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा बेलायतको आस्फाेर्ड केन्टमा बिगत झै बार्षिक साक्मुरा लुङहि वदेमा,आप्लुङगेन्न ताङसेप चोमेन तथा उभाैली याक्वा सेवा हुने निश्चय भएको छ ।

हरेक बर्ष युके भरि छरिएर बसेबासा गर्दै आएका किरात धर्मलवम्बीहरुको बाक्लो उपस्थितिमा बेलायका विभिन्न स्थानमा बार्षिक आप्लुङगेन्न ताङसेप चोमेन सेवा निरन्तर गर्दै आएको छ । भने याे पालि पहिलाे पटक युके भरिका किरात धर्मलवम्बीहरुको सभागितामा आस्फोर्ड केन्टमा हुने भएको हो।

महान समाज सुधारक ,राष्ट्रिय विभुती लिङदेन महागुरु फाल्गुनन्द लिङदेनज्युकाे सत्य मार्ग दर्शन साथै वर्तमान किरात धर्मगरु गुरुमाताहरुकाे आज्ञालाई आत्मा साथ गर्दै किरात साम्जीक,मुन्धुम र संस्कार अनुरुप आप्लुङगेन्न ताङसेप चाेमेन,साक्मुरा वदेमा साथै उभाैली याक्वा सेवा तथा विश्व शान्ती मानव एकता सकल प्राणी रक्षार्थका निम्ती विशेष नाम्धुङ,लाधुङ सेमि सेवा हुने किरात साम्यो माङसेवा साबा पान्जुभोका अध्यक्ष मंगल सिं लिङदेनज्युले जानकारी गराएका छन ।

बेलायतमा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समितिको आयाेजना गर्दै आएकाे ठुला कार्यक्रम मध्ये बार्षिक सामुहिक साक्मुरा लुङहि वदेमा ताङसेप चेमेन तथा उभाैली याक्वा सेवा पनि हाे । याे यश सेवा कार्यक्रममा विभिन्न सामाजिक,धार्मिक,जातीय संघसंस्थाहरुलाई पनि निमन्त्रणा सेवा कार्यक्रम संचालन गर्दै आएकाे र याे पालि हुने बार्षिक सामुहिक साक्मुरा लुङहिवदेमा उभाैली सेवा पनि यसरी नै भब्य रुपमा सम्पन्न गरिने किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राजेन्द्र खिम्दिङ बताउ छन ।

२००९ सालमा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको स्थापना भए देखि यता निरन्तर रुपमा किरात साम्जिक मुन्धुम हाबेक,कर्म,संस्कार अनुसार विश्व शान्ति मानव एकता सकल प्राणी रक्षार्थका निम्ति बेलायतको विभिन्न स्थानमा संस्थाले आयाेजना गर्दै आएको छ । महान समाज सुधारक महागुरु फाल्गुनन्द लिङदेनको जन्म जयन्ती,बार्षिक साक्मुरा वदेमा उभाैली याक्वा सेवा र सामुहिक माङगेन्ना सेवा जस्ता महत्पुर्ण कार्यक्रम आयाेजना गर्दै आएको छ ।

यस्ता कार्यक्रमहरुले लामाे समय देखि बेलायतको बिबिध क्षेत्रमा बसाेबास गर्दै आएकाे तर भेटघाट कहिले हुन नसकेका किरात धर्मलवम्बिहरु विच सामिप्य बढने गरेकाे छ ।

– सिक्कुम ज्ञानु फुरुम्बाे ‘चरपे’

Related Articles

Back to top button