
४ अक्टोबर, इटहरी । नेपाली साहित्यका अग्रणी व्यक्तित्व तथा राष्ट्रिय विभूति मोतीराम भट्टको १६१औँ जन्मजयन्तीको अवसरमा आइतबार ‘मोती मुक्तक मिलन’ कार्यक्रम आयोजना गरिएको छ।
सगरमाथा साहित्य प्रतिष्ठान, कोशीको आयोजनामा भएको कार्यक्रममा १९ जना स्रष्टाले मुक्तक वाचन गरेका थिए। कार्यक्रममा अच्युत भट्टराई, अविराम क्रान्ति, एकराज भट्टराई, कविता केशरी, किरण टी. लिम्बू, नवराज नवशिला, परिक्रमा श्रेष्ठ, भरत बर्बरिक र मदन भण्डारीले मुक्तक प्रस्तुत गरे।
त्यसैगरी मुना आत्रेय, युवराज ठकुरी, राज आशातीत, राधा भट्टराई, राधा सुवेदी, रोमू अधिकारी, विनोदविवश घिमिरे, सवी मेवाहाङ, सुविद गुरागाईं र हरि कट्टेलले पनि आफ्ना मुक्तक वाचन गरेका थिए।
आयोजक संस्थाकी अध्यक्ष मिश्रामाया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार विवश पोखरेल प्रमुख अतिथि तथा बाबुराम पोखरेल विशिष्ट अतिथि थिए। साहित्यकार मनु मन्जिल वरिष्ठ श्रोताको रुपमा थिए । अतिथिहरुले भानुभक्तको व्यक्तित्व, किर्तित्वमा चर्चा गरेका थिए ।
कार्यक्रमको सहजीकरण अभिमन्यु अभिजितले गरेका थिए भने जीपी तिवारीले स्वागत मन्तव्यसहित विषय प्रवेश गराएका थिए। कार्यक्रममा नीरज कोइरालाले मोतीराम भट्टको साहित्यिक योगदानबारे टिप्पणी गरेका थिए।




