स्थानीय

धनकुटामा बस दुर्घटना, तीन जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार बिहान करिब ११ः१५ बजे धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस अनियन्त्रित भई सडकको छेउमा दुर्घटनामा परेको हो।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा तेह्रथुम छथर गाउँपालिका–१ की करिब ११ वर्षीया नुमा लिम्बु, वडा नम्बर ४ का ६९ वर्षीय कविराज थापा र सोही स्थानकी ५६ वर्षीया शुकमाया लिम्बु घाइते भएका छन्।

तीनै जनाको शरीरमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

दुर्घटनामा परेको बस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button