ओलीलाई बाबुरामको प्रश्न : भ्रष्टाचारको छानबिन गर्न कसले रोकेको हो त ?

काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार प्रकरणका बारेमा उच्चस्तरीय र निश्पक्ष छानबीन गर्न कसले रोकेको छ ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले यस्तो विषय उठाएका हुन् । उनले लेखेका छन्,‘प्रम @kpsharmaoli को भ्रष्टाचारप्रति साॅच्चै शुन्यसहनशीलता हो भने

बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षाप्रेस,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?कुराले हैन काम गरेर देखाउनोस्!नत्र ढाॅटको कुरा खाई पत्याउनु…!”