यस्पटक सिसेक्पा तङनाम २०२६ बेलायतमा ३ गायक-गायिका गुन्जिदैँ

जुलाई ७,केन्ट युके
यसपटक बेलायतमा मनाईने सिसेक्पा तङ्नाम २०२६ मा ३ जना गायक गायिकाको मुख्य आकर्षक प्रस्तुती रहने भएको छ।
नेपालबाट बाट पहिलो पटक आएका तिनै जनाले बेलायत बासी दाजुभाइ दिदिबहिनी हरु लाई भरपुर मनोरञ्जन दिलाउने बिश्वास गरिएको छ। गायक लक्ष्मण लिम्बू , गायक राजेन्द्र केरुङ र बाल गायिका रुक्साना लिम्बुले बिशेष प्रस्तुती दिने भएका हुन।

ताप्लेजुङ आईडल सहित थुप्रै प्रतियोगिताहरुमा बिजेता बनेका गायक लक्ष्मण चोङ्बाङ लिम्बू करिब डेढ दशकदेखि सकृय कलाकार हुन।
सेन्छेङ्ले ,सुनपाती , सोल्टिनी ज्यु, धरान बजारमा , बेसि बनमा ,हिजोसम्म अन्जान थियौं जस्ता गितहरु लोकप्रिय छन।
करिब डेढ दशक देखि नै मौलिक लिम्बू तथा नेपाली गित सङ्गितमा संघर्षरत गायक सङ्गितकार राजेन्द्र केरुङ को फुङ इनु सेव चोगिरो,बिदेशिने रहरै , माङलाङ नु केलाङ ख्याली मिश्रीत पालाम , बग्दै जाने खोला पनि जस्ता गितहरु दर्शक श्रोताले रुचाएका छन।
द भ्वाईस ओफ किड्स को पहिलो सिजनमा आफ्नो मधुर स्वर, आत्मविश्वास र प्रस्तुति शैलीका कारण दर्शक तथा निर्णायकहरूको प्रशंसा बटुलेकी प्रतिभा हुन रुक्साना लिम्बू । First Runner-up बन्न सफल भइन्, जसले उनको व्यावसायिक सांगीतिक यात्रालाई नयाँ उचाई दियो।
प्रतियोगितापछि उनले विभिन्न नेपाली गायक–संगीतकारहरूसँग सहकार्य गर्दै गीतहरू रेकर्ड गरेकी छन्। उनको आफ्नै कोच गायक प्रमोद खरेल सङ्ग गाएको नोगेन , चोरी भो -२ ,उड्नु छ माथी , पोगिरो हौ , मेरी आमा , सेल्फी खिच्न जस्ता गितहरु चर्चामा रहेका छन।
उच्च शिक्षाको लागि अमेरिका रहेका रुक्साना उतैबाट पहिलो पटक बेलायत साङ्गितिक प्रस्तुतिका लागि आईपुगेकी हुन।
किरात याक्थुङ चुम्लुङ युके केन्द्रिय समितिको मुख्य आयोजनामा किरात लिम्बू जातीको धार्मिक चाड सिसेक्पा तङ्नाम २०२६ आउँदो जुलाई ११ मा KYC Chumlungden Yalding Meidistone Kent ME 18 6ET मा भब्य रुपले आयोजना हुँदैछ।
प्रवास बेलायतमा बसोबास गरे पनि आफ्नो भाषा कला संस्कृतिको जगेर्नामा निरन्तर गरिदै आएको र यसैको निरन्तरता स्वरुप यस पटकको सिसेक्पा तङ्नाम मनाउन लागिएको किरात याक्थुङ चुम्लुङ युके अध्यक्ष कमला सेन्दाङ बताउँनुहुन्छ ।
बिबिध मौलिक खाना,भेषभुषाको स्ट्ल , साँस्कृतिक झाँकी, माङलाङ केलाङ, धाननाच,साँस्कृतिक खेलकुद साथमा बिबिध सांस्कृतिक कार्यक्रम हरु समाबेश हुनेछ्न ।




