साहित्य सिर्जना

नेम्बाङको ‘स्वस्थ जिन्दगीको सान’ कृति सार्वजनिक

बिक्रीबाट प्राप्त रकम अपांगता क्षेत्रलाई सहयोग गर्ने घोषणा

काठमाडौं–
गत २३ मंसिर २०८० का दिन लेखक तथा मनोक्रान्ति अभियन्ता नगेन्द्रराज नेम्बाङ ‘नेम्बाङ मामा’को ‘स्वस्थ जिन्दगीको सान’ पुस्तक कृति सार्वजनिक भएको छ ।

विकाशानन्द फाउन्डेसन मनोक्रान्ति विश्व परिवार काठमाडौं र मनोक्रान्ति टिम युकेको आयोजनामा शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा मनोक्रान्ति प्रशिक्षण कार्यक्रममा सार्वजनिक गरिएको हो ।

प्रतिष्ठानका पूर्वकुलपति मुन्धमविद् बैरागी काईला, मनोक्रान्ति द्रष्टा तथा दार्शनिक डा. योगी विकाशानन्द, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, लेखकका पिता कुबेरसिंह नेम्बाङ र लेखक नेम्बाङले लोकार्पण गरेका हुन् ।

पा“चथर जिल्लाको फाल्गुनन्द गाउ पालिका–२ याम्बोङमा ५४ वर्ष अघि जन्मिएका लेखक नेम्बाङ पूर्वगोर्खा सैनिक हुन् । बेलायतमा बसोबास गर्दै आएका उनी त्यहा“बाट प्रकाशित एभरेस्ट टाइम्स पत्रिका संवद्ध उनी मनोक्रान्ति साहित्यमा कलम चलाउ“दै आएका छन् । दुई दशकदेखि मनोक्रान्ति अभियानमा संलग्न नेम्बाङको यो पहिलो कृति हो ।

नेपालमा प्रतिपादन भएको एक दर्शनलाई मनोक्रान्ति भनेर चिनिन्छ । मनोक्रान्ति अभियान विसं. २०५५ सालदेखि सुरु भएको हो । यसको प्रतिपादन डा. योगी विकाशानन्दले गरेका हुन् । ‘मन’ र ‘क्रान्ति’ शब्दको योगबाट मनोक्रान्ति बनेको छ । सम्पूर्ण समस्याको जड मन हो र यही मनलाई सकारात्मक परिवर्तन गर्नु पर्दछ भन्ने मुख्य सार रहेको छ । कुनै पनि समस्यालाई समस्याका रूपमा नलिई अवसरका रूपमा लिने पद्धतिलाई मनोक्रान्ति भनिएको छ । ‘संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नुछ’ सारसहित स्वास्थ्य, प्रफुल्लता, सिर्जनशीलता, मानवता, प्रकृति पे्रम र आध्यात्मिकता मनोक्रान्तिको मूल सूत्र रहेका छन् ।

नेम्बाङको यस कृतिभित्र योग, ध्यान र साधनाबाट मानवीय स्वास्थ्य विषयलाई लिएर विभिन्न १ सय ४० वटा शीर्षकका लेख समेटिएका छन् । लेखक स्वयंले ‘नौ दिन नौ रात भूपतस्या’ गरेको प्रसंग रोचक ढंगले पस्केका छन् । यसैगरी ‘मन जंगली हात्ती’, ‘योग साधनाको महत्व’, ‘खानपानमा सुधार’, ‘सफलताका निम्ति स्वस्थ शरीर’, ‘वैज्ञानिक मनोक्रान्ति योग’, ‘डिप्रेसनबाट बच्ने उपाय’, ‘आनन्दको लागि जीवनशैली परिवर्तन’ जस्ता शीर्षका लेख रहेका छन् ।

बैरागी काइलाले मनोक्रान्ति मौलिक दर्शन भएको बताए । ‘प्रफुल्लता मनोक्रान्तिको एउटा दर्शन हो,’ सत्य कुरा सरल हुने उल्लेख गर्दै उनले भने, ‘सबैजना सबैको अगाडि समान छौं । संसार बदल्नु छ भने आफैंबाट सुरु गर्नुपर्छ भन्ने मनोक्रान्तिको मौलिक दर्शन हो । यही दर्शनलाई लिएर लेखकले सरल ढंगले सजिलो भाषामा योग, ध्यान, खानपान, जीवनशैली काबुमा राख्ने उपायबारे छोटो मिठो गरी लेखेका छन् ।’

योगी विकाशानन्दले सैनिक जीवनमा बन्दुक समातेका व्यक्तिले कलमका माध्यमबाट मनोक्रान्ति साहित्य सिर्जना गर्नु नौलो भएको बताए । ‘गज्जब छैन त, कहा“ बन्दुक बोक्ने हात, कहा“ कलम समाउने हात,’ उनले भने, ‘एक हातमा बन्दुक अर्को हातमा कलम, यी दुई ध्रुवको संगम– नगेन्द्रराज नेम्बाङ हुन् । यसरी आफ्नो लागि सतत साधना र अरुको लागि सेवा गरौं ।’

यसैगरी पुस्तकबारे कार्यक्रम संयोजक गजेन्द्रराज नेम्बाङ, चेतनाथ अधिकारी र सिमोन न्यौपानेले चर्चा गरेका थिए । लेखक नेम्बाङले पुस्तक बिक्रीबाट प्राप्त रकमलाई नेपालमा अपांगता व्यहोरिरहेका नागरिकको सेवामा समर्पण गर्ने घोषणा गरेका थिए । ‘मैले यसअघिदेखि नै अपांगता भएका बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई सहयोग गर्दै आएको छु,’ नेम्बाङले भने, ‘यो पुस्तक बिक्रीबाट प्राप्त रकम अपांगता जीवन बिताइरहेकाहरूलाई प्रदान गर्नेछु ।’ पुस्तक ३ सय १२ पानाको रहेको छ भने तीन सय रुपैया“ बिक्री मूल्य रहेको छ । पुस्तक विमोचन समारोहलगत्तै डा.योगी विकाशानन्दले मनोक्रान्ति प्रशिक्षण सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button