समाचारसाहित्य सिर्जना

बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद कार्यक्रम सम्पन्न

जापान, ७ अक्टोबर । विश्व नेपाली साहित्य महासङ्घ “(विनेसाम) जापान शाखाले आइतबार जापानको इदोगावा खासाई रिङ्काई पार्कमा बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद डबली २०२४ सम्पन्न गरेको छ ।

वाको युनिभर्सिटी जापानका नृत्य प्रशिक्षक नेपाली भाषा साहित्य संस्कृतिलाई माया गर्नु हुने विनेसाम जापानका वर्तमान सल्लाहकार युको ओकामोतोको विशेष अतिथ्यता रहेको कार्यक्रममा अन्य अतिथीहरू अनेसास वोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, साहित्यिक चौतारी नेपालका संरक्षक / सल्लाहकार तथा निवर्तमान अध्यक्ष कवि/गजलकार अमरदेव बास्तोला, याक्थुङ चुम्लुङका प्रतिनिधि विष्णु आङदेम्बे रहेका थिए ।

कार्यक्रममा संस्थाको लोगो अङ्कित टिसर्ट उपस्थित अतिथिहरूका हातबाट संयुक्त रूपमा सार्वजनिक गरिएको थियो । प्रायजसो एउटा बन्द कोठामा गरिन्दै आएको कार्यक्रम खुला आकाश मुनि खोलाको किनार बगरमा पलेँटी कसेर मन्तव्य रहित विशुद्ध रचना वाचन गरिएको कार्यक्रममा रचना वाचन गर्नेमा युको ओकामोतो, गृष्मा पौडेल, प्रमोद श्रेष्ठ, उमेश तिमल्सिना, अमरदेव वास्तोला, बिमान किराती, शिवराज राई, शारदा पाण्डे, विजय स्याङ्बो, सयपत्री थुलुङ, गंगा गगन, डेनी राई, राजन घले, म्यामराज राई, रामचन्द्र न्यौपाने, राजन कुलुङ, सम्झना चाम्लिङ, प्रदिप शर्मा लगायत दुई दर्जन बढी सर्जकले आफ्ना रचना पाठ गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्र दिखुक्पाको अध्यक्षता, उमेश तिमल्सिनाको सहजीकरण रहेको बगरमा पलेँटी साहित्य कार्यक्रम सभाध्यक्षले आफ्नो रचना वाचन गर्दै समापन भएको थियो ।

Related Articles

Back to top button