स्थानीय

धनकुटाको रवि राँके-भेडेटार सडक खण्डमा अविरल बर्षाको कारण पहिरोले सडक अवरुद्द

धनकुटा,७ चैत । धनकुटाको रवि राँके-भेडेटार सडक खण्डमा अविरल बर्षाको कारण पहिरोले सडक अवरुद्द भएको छ ।

आज दिउंसो जिल्लाको साँगुरीगढी गाउंपालिका ६ थुम्की स्थित निर्माणधीन रवि राँके-भेडेटार सडक खण्डमा अविरल बर्षाको कारण माथिबाट पहिरो खस्दा बाटो दुबै तर्फी अवरोध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

भेडेटारबाट डाँडाबजार तर्फ जाँदै गरेको मोरङको पथरी शनिश्चरे नपा-१ बस्ने वर्ष २२ को योगेश गौतमले चलाइ लैजादै गरेको को १ क ३३०९ नम्वर को मिनि ट्रक(खाली ट्रक) पहिरोको बिच भागमा परेको र चालक स-कुशल प्रहरीको सम्पर्क रहेको प्रहरीले जनाएको छ ।

मिनि ट्रक पहिरोको बिच भागमा नै फसेको र हाल सम्म मिनिट्रकमा क्षति नभएको, सडक माथिबाट पहिरो खसीरहेको साथै उक्त्त स्थानमा इ.प्र.का. भेडेटारबाट प्रहरी टोलि खटि गई ट्रक निकाल्ने कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button