आदिवासी

राष्ट्रिय अनुसन्धान केन्द्रको निमित्त जनजाति महासंघ युकेको च्यारिटी डिनर

गत २३ अप्रिल २०२३ का दिन नेपाल आदिवासी जनजाति महासंघ युकेले च्यारिटी डिनर भब्यतापूर्वक सम्पन्न गरयो ।

महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगार्थ सो च्यारिटी डिनरको आयोजना गरिएको हो । युकेका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पाहुनाकोहरुको उपस्थितीमा सम्पन्न डिनरमा नेपालबाट पाल्नुभएका ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुतीले सुनमा सुगन्ध थपेको थियो ।

डिनर कार्यक्रममा नेपाली राजदुतावास लण्डनकी उपनियोग प्रमुख रोसन खनाल प्रमुख आतिथि र गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहमगर र प्रदेश न १ का योजना आयोगका पूर्व उपाध्यक्ष डा. पूर्ण लक्समले सम्बोभन गरेका थिए भने पूर्व मेयर विष्णु गुरुङ, काउन्सिलर नेम थापा, प्रवेश केसी लगायतको सहभागिता रहेको थियो । च्यारिटीबाट के कति उठ्यो हिसाब हुन बाँकी रहेको जनाएको छ ।

कलाकार रजनी गुरुङ मंगलीको नृत्यबाट शुरु भएको डिनर नाइटको सुरक्षा ब्यवस्थापनबारे उपाध्यक्ष लिला सेलिङ माबो बोलिन, कार्यक्रमलाई महासचिव विमला सेनेले संचालन गरेकी थिइन भने डिनर कार्यक्रमको संयोजक पूर्व अध्यक्ष सिरी प्रसाद लिम्बुले गरेका थिए । सहभागी एवं ब्यवस्थापनमा भूमिका निर्वाह गर्ने सबैलाई अध्यक्ष कर्मा शेर्पा पहाडीले सबैलाई धन्यवाद दिदै समारोहको विर्षजन गरेका थिए ।

Related Articles

Leave a Reply

Back to top button