स्थानीय
धनकुटामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला

धनकुटा,२७ पुष । धनकुटामा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको सांगुरीगढी गाउंपालिका १० घुम्ती खोला नजिकै कोशी नदीको तीरमा पहिचान नखुलेको अन्दाजी ३०/३५ बर्षिय पुरुषको शव घोप्टो परि सडेगलेको अवस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।
जिप्रका धनकुटाबाट अनुसन्धान टोली खटी गई लासको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको साथै निज मृतकको पहिचान खुलाउने कार्य भई रहेको प्रहरीले जनाएको छ ।




