आदिवासी

दुतावासमा ज्ञापनपत्रः युकेको जनजाति महासंघले माग्यो बिदेशमा बस्ने नेपालीहरुलाई मतदान अधिकार

लण्डन, २ जनवरी २०२६ का दिन युकेमा बस्ने नेपालीहरुको तर्फबाट आउदो ५ मार्चका दिन हुने चुनाउमा मतदानको अधिकार सुरक्षित हुनुपर्ने माग गरेका छन ।

नेपाली दुतावास लण्डनमा पुगेर नेपाल आदिवासी जनजाति महासंघ युकेका पदाधिकारीहरुले एक ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रलाई महासचिव फारम दुराले वाचन गरेका थिए भने कार्यबाहक अध्यक्ष श्रीमति विमला कुमारी राईले जनजाति महासंघको मागलाई वर्तमान सरकारको प्रधानमन्त्री समक्ष पुर्याई दिन आग्रह गर्दै ज्ञापनपत्र हस्तान्तरण गरिन र यहा युकेको स्थितीलाई दुतावासले पनि प्रत्येक्ष देखेकोले दुतावास आफैले पनि थप पहल गर्न आब्हान गरिन । उनले ज्ञापनपत्र बुझाउन उपस्थित हुने सबैलाई धन्यवाद पनि ज्ञापन गरिन ।

महासंघका सचिव इन्द्र प्रसाद राई, पूर्व अध्यक्ष थर्क रानामगर, पूर्व अध्यक्ष सिरी प्रसाद साम्यो, सल्लहकारहरुः भक्त बहादुर दुरा, डा. सुमाया राई, जनजाति अभियन्ता सन्तवीर नेम्बाङ, दल बहादुर बुढाथोकी, मनोज पुन, रिटायर्ड क्याप्टेन वीर बहादुर गाहमगर, मनिकला राई, कृष्ण राई, कर्ण बहादुर दुरा, मनिकला राई गुरूंग, पदम बहादुर थापा, गम्बर थापा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष विश्वास दीप तिगेला लगायत करिव डेढ दर्जनको उपस्थितीमा ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्र बुझ्दै कार्यबाहक राजदुत विपिन ढुवाडीले विदेशमा रहेका नेपालीहरुलाई पनि मतदानको नैसर्गिक अधिकार भएको र सो पत्रलाई तुरुन्त परराष्ट्र मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष बुझाउने प्रतिज्ञा गरे । ज्ञापनपत्र हस्तान्तरणको कार्यक्रम समापन संगै ब्रिटिश गोर्खाहरूका लागि नेपाली नागरिकताको निरन्तरता समितिले पनि आफ्नो मागलाई राखेका थिए । महासंघका अध्यक्ष रिटायर्ड मेजर योगेश कोयी नेपालमा रहेको कारण उपाध्यक्ष राईले नेतृत्व गरेका थिए । सन् २००९ मा नेपाल आदिवासी जनजाति महासंघ युकेको गठन भएको हो भने युकेका ११ जातिय उत्थान संस्थाहरु आबद्ध रहेका छन् ।

Related Articles

Back to top button