साहित्य सिर्जना

ढुङ्गा – ठाकुर बराल

सोझो भयो भने ढुङ्गा
पर्खालमा थिचिन सक्छ
युगौ युगसम्म ।

त्यसलाई हेरेर मान्छे
भन्छन् , राम्ररी मिलाएर
राखिएको रहेछ ।।

अलिकति कुच्चिएको
च्याप्टिएको बुटा होला होला

कवि ठाकुर बराल, धनकुटा
जस्तो भयो भने
कैयौ ढुङ्गाहरू
देवी बनेर अध्यारो
भित्ता पाखामा देवी
भगवती भयेका छन् ।।

मुर्तिकारले अलि अलि
ठोक ठाक गरे पछि
त्यही ढुङ्गा पशुपति
गणेश र कृष्णहरू बनेर
सुन्दर मन्दिरका भित्ताहरूमा
देवता बनेर पूजिन्छ ।।

कैयौ ढुङ्गाहरूको एकता
चुलिएको त्यही ढुङ्गा
थुप्रिएर कहिले बन्दरगाह बनेर
ठूलठुला नदीका घमण्डहरूलाई
चेतावनी दिन्छन् ।
घमण्ड नगर्नू
त्यो स्थायी वस्तु होइन ।

ती ढुङ्गाहरूका द्यौराली न हुन्
मुकुमलुङ,चोमोलुङ, फिसटेलहरू ।।
त्यसैले ढुङ्गाहरू सधै निर्जीवमात्र
हुदैनन् ।
यिनीहरू बोल्छन् चिच्याउछन् , रुन्छन्
र, मौकामा आधी बनेर वा अग्नि बनेर
विष्फोट हुन्छन् ।।

मौका पर्दा ढुङ्गाहरू
पुजिन्छन् नपर्दा फोहर पुछ्दै
घुर्याङ्मा फ्याकिन्छन् ।
ढुङ्गा ढुङ्गा मात्र हुदैनन्
सधैभरि ।

त्यसैले ढुङ्गा भनेर नहेप ।
कुनै दिन तिम्रो निधारमा
वज्र बनेर ठोकिदा
ढुङ्गाको क्षमता बुझ्ने छौ ।।

Related Articles

Back to top button