साहित्य सिर्जना

थाम्सुहाङकाे ‘शब्दथुम’माथि धरानमा चर्चा

१ जनवरी, विजयपुर । निबन्धकार एवम् समीक्षक प्रकाश थाम्सुहाङकाे नयाँ कृति ‘शब्दथुम’ उपर धरानमा चर्चा भएको छ । निबन्ध सङ्ग्रहकाे विविध पक्षउपर वक्ताहरूले चर्चा गरेका हुन् ।

आइतबार धरानकाे हाेटल रत्न इनकाे सभाहलमा भएको कार्यक्रममा वक्ताहरू निबन्धकार दीपक सापकोटा र उपप्राध्यापक डा. अस्मिता विष्टले कृतिबारे बाेले । महेन्द्र क्याम्पसकाे नेपाली विभागले आयोजना गरेको प्यानल बहसमा बाेल्दै सापकोटाले कृतिमा निजात्मक अनुभूति सिञ्चित भएको बताए । निबन्धकार थाम्सुहाङ कृतिमार्फत् आफूलाई घटना र व्यक्तित्वहरूबारे सूक्ष्म ढंगले लेख्न सक्ने अब्बल लेखकका रूपमा उभ्याउन सफल भएको जनाए ।

डा. अस्मिता विष्टले सर्जकले आफ्नो इलाका र साँस्कृतिक पृष्ठभूमिकाे कुरा गरेको बताइन् । पहिचानसँगै माेफसलकाे कुरा आएको र लेखनमा मिठाससँगै प्रवाह अनुभव गर्न सकिने जनाइन् ।

इन्डिगाे इन्कले निकालेको २४ निबन्धहरू समेटिएको सङ्ग्रह थाम्सुहाङकाे दाेस्राे कृति हाे । उनकाे १७ वर्षअघि पहिलाे कृतिका रूपमा ‘पालामकाे मूर्च्छना’ कविता सङ्ग्रह प्रकाशित भएको थियोे ।

कृति चर्चा कार्यक्रममा सहभागी सर्जकहरू ।

कृतिबारे आफ्नो अनुभव सुनाउँदै इलामनिवासी थाम्सुहाङले
ब्रा्हाण्डकाे पहिलो सृष्टि शब्द भएकोले साेही नामबाट पुस्तक निकाल्न प्रेरित भएको बताए । उनले मुन्धुममाझैँ ‘माङ(देउता)’ नचढेका कारण लेखनमा सुस्तता आएर कृति निकाल्न ढिलो भएको भन्दै ठट्टा समेत गरे । उनी याक्थुङ लेखक सङ्घका केन्द्रीय अध्यक्ष समेत हन् ।

चर्चा कार्यक्रमलाई पत्रकार भाेजराज श्रेष्ठले सहजीकरण गरेका थिए । नेपाली विभागका पूर्वप्रमुख प्रा.डा. टङ्कप्रसाद न्याैपानेकाे मुख्य आतिथ्यतामा कार्यक्रम भएको थियोे ।विभागका सदस्य लक्ष्मीकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । राजेश विद्रोहीले सञ्चालन गरेका थिए । कार्यक्रम विभाग प्रमुख डा. दीपक न्याैपानेकाे अध्यक्षतामा भएको थियोे । कार्यक्रममा तीन दर्जन बढी साहित्यकार, लेखक र पत्रकारहरू सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button