समाचार

भोजपुर प्रतिभा सम्मान शरण राई र पुरस्कार तेजेन्द्र गन्दर्वलाई प्रदान गरिने

३० डिसेम्बर, लन्डन । भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८२ को लागि लेखक शरण राईलाई भोजपुर प्रतिभा सम्मान र तेजेन्द्र गन्दर्वलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने सम्मान राशी रु १५,००० अक्षरेपी (पन्ध्र हजार रुपैयाँ) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु ३५,००० अक्षरेपी (पैँत्तिस दश हजार) सहित ताम्रपत्र रहेको छ ।

संस्थाले यस अघि साहित्यकार पूर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जीवी लुगुन, साहित्यकार शैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञानमणि नेपाल र श्याम तमोट हिरण्य भोजपुरेलाई सम्मान गरिसकेको छ ।

यसैगरी पुरस्कृत हुनु हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तावा, कवि विप्लव ढकाल, कवि विमल गिरी, धावक मिरा राई, कवि तथा समालोचक पुर्ण ईन्फादा, गायक भिषण मुकारुङ, लेखक कविता राई र करुणालाई प्रदान गरिसकेको छ ।

Related Articles

Back to top button