खेलकुद

पोर्चुगलको ट्रेल दौडमा धाबक देबिन्द्र खेवा लिम्बू ‘डेबिट’ अन्तर्राष्ट्रमा समेत चिनिन्दै

११५ किमी अप्रिलमा दौडिन्दै

पोर्चुगल,
गत ११ फेब्रुवरी २०२५ का दिन नेपाली ट्रेल दौडका धाबक देबिन्द्र खेवा लिम्बू ‘डेबिट’ अन्तर्राष्ट्रमा समेत चिनिन्दै आएका छन । गत शनिवार भएको दौडमा मदिइरा आइसलान्ड पोर्चुगलको सबै भन्दा कठिन ट्रेलरेसमा ११७ जना धाबक बिच २५सौ स्थानमा आएका छन ।

धावक डेबिटले भने- दौडमा सहभागी मात्रै होइन, प्रथम स्थान हासिल गर्ने थियो । थप उनले भने – मैले सुन्दै थिए यो मदिइराको सबै भन्दा गारो ट्रेल पोर्तो मोनिज रेस नै हो मेरो रन यहाँको स्थानीय समय बिहान को ०६ः३० मा शुरु भएको थियो । जब म रन सुरु हुने गेट भित्र प्रबेस गरे शरीरले गति लिरहेको थिएन मैले सोचे बिहानी पख र अति जाडो मौसम भएकोले सायद यसैले होला केही समय पछि ठिक होला तर भएन रन सुरुबाट सिधै उकालो १० किलोमिटर थियो ४–५ किलोमिटर सम्म शरिरले गति नै लिन सकेन जब १२–१३ किलोमिटर पार गर्दै गए अनि मात्रै शरिरले दुर्त गति लिन थाल्यो तर त्यही समय भित्र मलाई ४५–५० धाबकहरुले पछि पारी सकेको थिए आफ्नो शरिरले सहि गतिमा आएपछि मैले आफ्नो रफ्तारलाई बढाउदै लगे अन्तिम चेकप्वाइन्ट सम्म आइपुग्दा १८–२० जनालाई पछि पार्दै २५औं स्थानमा चित्त बुझाउनु परयो डेबिटले भने ।

यो स्थानमा आइपुग्नको लागि साथ, सपोर्ट र हौसला दिनु हुने सम्पुर्ण साथीभाइ र मिडियालाई सम्झेको थिए अब आउदै गरेको मियुट ११५ किलोमीटरको १५ अप्रिल २०२५ को हुने दौडमा लगभग ४० % यहि बाटोमा हुनेछ ।

आउने उक्त दौडमा पनि सबैका साथ सपोर्ट हौसलाको को आस राखेका छन ।

धावक डेबिटले यस अघि १७ फगुन २०७६ मा धनकुटा बस स्टपबाट धरान बस स्टप सम्म पहाडको उकालो आह्रालो ५२ किलोमिटरको दुरीलाई ५ घन्टामा पार गर्दै प्रथम रेकर्ड राखेका थिए । त्यस्तैगरि ०५ चैत २०७८ मा काठमाडौं दशरथ रंगशाला देखि धनकुटा टुडिखेल सम्मा ५६ घन्टा ४७ मिनेट २९ सेकेन्डमा पार गर्दै नेपालमा प्रथम रेकर्ड राखेका थिए ।

त्यस्तै २२ बैशाख २०७९ मा १७० किलोमिटर को के. भि. आर. रन मा ३७ः४९ घन्टामा पार गर्दै चौथो स्थान हुन सफल भएका थिए । त्यस्तै अर्को रेकर्ड २९ असोज २०८१ मा पोचुर्गलकै मदिइरा आइसलान्ड मा अल्टा« मदिइरा ८५ किलोमिटरको दौढमा १० घन्टा २९ मिनेट ०३ सेकेन्डमा पर गर्दै तेस्रो स्थान हुन सफल भएभने भेट्रान तर्फ प्रथम भएका थिए ।

Related Articles

Back to top button