बैरागी काइँलालाई पहिचान सम्मान, पहिचान युवा सम्मान गीलु रातोसलाई

२९ नाेभेम्बर, लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस वर्ष ‘पहिचान सम्मान’ दिने भएको छ । प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिइने गर्दछ। वि.सं. २०८१/२०८२ (सन् २०२४/२०२५) को पहिचान सम्मान श्रद्वेय साहित्यकार, मुन्धुमविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाज्यूलाई नगद रु. ५,०२,००२ ।– (अक्षरुपी पाँच लाख दुई हजार दुई रुपैँया) र ताम्रापत्र सहित पहिचान सम्मान प्रदान गर्ने भएको छ ।
त्यस्तै, पहिचानको आन्दोलन र लेखनमा दिइरहनुभएको योगदानको कदर गर्दै यस वर्षको पहिलो पहिचान युवा सम्मान यस वर्ष श्री गणेश कुमार राई (गीलुरातोस) ज्यूलाई रु. ५०,२०२ (अक्षरुपी पचास हजार दुई सय दुई रुपैँया) र ताम्रापत्र सहित प्रदान गरिने व्यहाेरा कोषले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
यसभन्दा अघि लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान प्रदान गरिसकेको छ । यसैगरी राजन मुकारुङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध, यज्ञशको भुइया, उन्मुक्त पुस्ताको आफर र सरस्वती प्रतिक्षाको नथिया, श्याम शाहको पथेर र अनन्त वाग्लेकोकदम, कविता राईको गुरु र अर्जुन माबुहाङ, अमित थेवेको सिरिजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट, प्रगती राईको थाङ्ग्रा र प्रकाशगुरागाईंको जङ्क्सन पिपलबोट नयाँ सडकको कथा र राजु स्याङ्तानको ओ पेङ्दोर्जेलाई पहिचान पुरस्कार प्रदान गरिसकेको छ ।
निरन्तर चार वर्ष पहिचान पुरस्कार दिने गर्दछ भने प्रत्येक पाँच वर्षमा पहिचान सम्मान दिदै आएको छ । ४० वर्ष मुनिका युवाहरुलाई पहिचान युवा सम्मान यस वर्षदेखि दिने घोषणा गरेको छ ।




