स्थानीय

धनकुटामा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

धनकुटा,२४ कार्तिक । धनकुटामा वेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ ।

जिल्लाको पाख्रिबीस नगरपालिका १० चुङबङमा झाडीमा लुकाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

आज दिउंसो प्रहरी चौकी हिलेबाट गएको प्रहरी गस्ती टोलीले उक्त बन्दुक फेला पारेको हो ।

उक्त बन्दुक प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button