स्थानीय

जिल्ला प्रशासन कार्यालय धनकुटाको वाट्सएप नम्बर ह्याक

धनकुटा,५ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाको आधिकारिक वाट्सएप नम्बर ह्याक भएको छ ।

जिप्रका धनकुटाको ९८५२०३७७७७ नम्बरको वाट्सएप एकाउन्ट ह्याक भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

सो नम्बरबाट आउने गलत एवम् भ्रामक म्यासेजहरु प्रति सजक रही थप सहयोग आवश्यक परेमा जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराउनु हुन पनि प्रहरीले अनुरोध गरेको छ ।

Related Articles

Back to top button