भूपू गोर्खा कोलम
गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभा सम्पन्न

गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभा सम्पन्न
लण्डन,
गत ५ सेप्टेम्बर २०२५ का दिन युकेको अल्डरसटमा गोर्खा वार्ता र आन्दोलनको बारे जानकारी सभा सम्पन्न भएको छ ।
गोर्खा सत्याग्रह र बृट्रिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (विजिएनसिसिसि) ले संयुक्त रुपबाट जानकारी सभा आयोजना गरेको हो ।
वार्ताका प्रवक्ता रि. मेजर जुद बहादुर गुरुङ, मुख्य संयोजक कृष्ण बहादुर राई, नागरिकता अभियानको संयोजक सन्तोष थलङ लिम्बु, विश्वास दीप तिगेला लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको शुभारम्भ शंकर राईद्धारा लिखित ट्राम्स एण्ड टियर (विरासत र आँसु) पुस्तकको विमोचन युके अल्डरसटकी सांसद आलेक्स बेकरले गरेकी थिईन ।
हरि गुरुङको सभापतित्वमा संचालित जानकारी सभालाई नागरिकता अभियानका महासचिव तथा सत्याग्रहका सचिव होम सुनारले संचालन गरेका थिए ।



