स्थानीय

धनकुटाबाट धरान जांदै गरेको लोबेट ट्रक भेडेटारमा दुर्घटना,चालक घाइते

धनकुटा,११ असोज । धनकुटामा लोबेट ट्रक दुर्घटना हुंदा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा ट्रक चालक झापाको विर्तामोड नगरपालिका १ बस्ने ३० बर्षिया गणेश टुडु रहेका छन् ।

आज बेलुका साँगुरीगढी गाँउपालिका ६ भेडेटार स्थित कोशी लोक मार्गमा धनकुटाबाट धरान तर्फ जादै गरेको प्रदेश १-०२-००२ ख ००९० नम्बरको लोबेट ट्रक अनियन्त्रित भई बाटो बाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घाइते भएका टुडुको टाउकोमा चोट लागेकोले अवस्था गम्भिर रहेकोमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले चालकलाई उद्धार गरी उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

दुर्घटना भएको उक्त खाली ट्रकमा चालक मात्रै रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button