समाचार

कान्छारामले देखेको ओली लडेको ‘त्यो सपना’

काठमाडौँ । २०८२ भदौ ३०, नेपाली काँग्रेस रामेछापका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय पूर्णबहादुर तामाङ कान्छारामले भन्नुभएको थियो—अब यो सरकारको आयु धेरै लामो छैन । केही दिनपछि सरकार ढल्ने निश्चित छ । कान्छारामले २०८२ भदौ १९ गते भनेको कुरा एक हप्तामै पूरा भएको छ ।

कान्छाराम तामाङ भन्छन्—“कसैको एक रुपियाँ खाको भए मर्न तयार छु ।”

रमेश लेखकले भिसा काण्डमा राजीनामा दिएको भए मुलुकमा आगो लाग्ने थिएन ।

नेपाली कांँग्रेस रामेछापका सभापति एवं पूर्व ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री माननीय पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ भन्नुहुन्छ—पूर्वा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का यो देशको सबैभन्दा ठूलो लुटेरा हुन् ।

दीपक खड्का, रमेश लेखक र प्रकाशमान सिंह जस्ता नेताहरूको कारण अहिलेको अवस्था सिर्जना भएको हो ।

२०८२ वैशाख महिनाको पहिलो हप्ता मैले पत्रकारहरुलाई भनेका थिए र पार्टीका नेताहरुलाई पनि स्पष्ट पारिसकेको थिए । नेकपा एमाले र केपी ओलीसँग गठबन्धन गरेर बस्नु भनेको नेपाली कांँग्रेसका नेता कार्यकर्ताहरूले पोइजन पिएर बस्नु जस्तै हो । केपी ओलीले शेरबहादुर देउवालाई मात्र होइन, नेपाली कांँग्रेसलाई समेत डुबाउनेछन् । त्यो कुरा अहिले पनि अनलाइनहरूमा जताततै देख्न सकिन्छ । मैले भनेको समयमा एमालेसँगको गठबन्धन भत्काएको भए अहिलेको परिस्थिति सिर्जना हुने थिएन । निवर्तमान गृहमन्त्री रमेश लेखकले भिसा काण्डमा राजीनामा दिएको भए मुलुकमा आगो लाग्ने थिएन ।

२०८२ साल भदौ १८ गते बिहान ७ बजेर १२ मिनेट जाँदा ब्युँझिए । त्यही समयमा मलाई निद्राले झ्याप्प छोप्यो । त्यसपछि मैले सपना देखे—केपी ओली र म अङ्कलमाल गरेर हिँडिरहेको । केपी ओलीले सेतो सुरवाल लगाएको थियो । त्यही क्रममा केपी ओली मेरो खुट्टामा अल्झिएर लडेको । करिब ८ मिनेट यस्तो सपना देखे । मैले ब्युँझिएपछि साथीहरूलाई भनेको थिए—अब यो सरकार छिट्टै ढल्नेछ ।

मैले त्यस्तो भनेको करिब एक हप्तापछि यो सरकार ढल्यो । म भगवानसँग विश्वास गर्छु । त्यही कारणले मैले यस्तो सपना देखेको हुनसक्छ ।

Related Articles

Back to top button