समाचार

फुरुम्बो पालुङवावंशीकाे भेटघाट सम्पन्न

आसफाेर्ड, यूके । बेलायतनिवासी याक्थुङ लिम्बु समुदायभित्रका फुरुम्बाे पालुङ्वा वंशीहरूकाे भेला सम्पन्न भएको छ । गत जुलाई २६ शनिवारका दिन फुरुम्बो, पालुङवा समाज यूकेले केन्टकाे आसफोर्डमा भेटघाट कार्यक्रम राखेको थियोे ।

फुरुम्बो, पालुङवाकाे उत्पत्ति र साझा पूर्खा साम्दुरा, नाम्जारा, पतालुङ, साम्दुराहाङ, साम्दुने हुँदै वर्तमान पुस्ताहरुबारे दिल पालुङवा याक्थुङले जानकारी दिएका थिए । कार्यक्रममा यूकेमा रहने फुरुम्बो पालुङवा दाजुभाई चेलिबेटी  ज्वाईचेला, भानाभाञ्जाहरुको उल्लेख्य उपस्थिति रहेको थियोे । उनले थाङवा यक या साम्दुरा यक हाल भनिने साम्लुप्ली यकलाई संरक्षण गर्दै अन्य महत्वपूर्ण र ऐतिहासिक ठाउहरुाई संरक्षण गर्न सुझाएका थिए । साम्दुरा तत्कालीन थाङवा यक तम्मर थुमका राजा र सिंगो याक्थुङलाजे लिम्वुवानभरिका प्रख्यात राजा, याक्थुङ लिपिका प्रयोगकर्ता, ज्ञाता र मुन्धुमका प्रकाण्ड विद्वान मानिने पालुङ्वाले जनाए ।

त्साम्दुने/साम्दुनेहाङ शक्तिशाली, लडाकु हाङ(राजा) मानिन्थे । उनैका दुई छोरा जेठा फुरुम्बो र कान्छा पालुङवा रहेको इतिहासकारहरू बताउँछन् ।

त्यस्तै प्रथम प्रकाशित वंशावलीका मूख्य एक संकलक युकेमै हुनु हुने चन्द्र वहादुर पालुङवाको अथक प्रयासको इतिहास वताउदै र धन्यवाद ज्ञापन गर्दै वंशावलिको दोस्रो संस्मरणको लागि आर्थिक सहयोग युकेवाट उल्लेख्य रुपमा गर्नुपर्ने सुझाएका थिए । साथै अन्य राष्ट्रमा गएकाहरुवाट पनि सहयोग गरि स्टान्डर्ड रुपमा निकाल्नु पर्ने  कुरा फुरुम्बो पालुङवा वंश प्रतिस्ठान नेपालको अध्यक्ष काजीमान पालुङवा तथा सिंगो कार्यसमितिको आग्रह सुनाएका थिए ।

समाजले फुरुम्बो, पालुङवा वंशवाट ब्रिटिस गोरखा आर्मीमा कार्यरत र प्रमोशन भएका डव्ल्यु ओटु देखि डव्ल्य ओ वान अर्थात आरएसएम हुनु भएका महेश पालुङवा र कर्पोरल वाट सार्जन्ट हुनु भएका मनोज पालुङवा, दुई डाक्टर हरु मिलन पालुङवा र भक्त फुरुम्बोलाई वधाई ज्ञापन गर्दै अझै अगाडि वढ्न शुभकामना दिदै सिलाम साक्मा लगाएर सम्मान गराएको थियो ।

नेपालबाट भिजिटमा आउनु भएका पानथर गोपेटार पंचमी या हाल हिल्लिहाङ गाउँपालिका बस्ने कर्ण कुमार पालुङवा र उनकी जीवनसंगिनीलाई पनि सिलाम साक्मा लगाएर स्वागत गरिएको थियाे । उनले शुभकामना मन्तव्य दिँदै हिल्लिहाङमा उनीहरुको पूर्खा कसरी पुगेकोवारे बताएका थिए । त्यस्तै शुभकामना मन्तव्य भाञ्जा कमल अन्छङबोले दिएका थिए ।

ब्रिटिस गोरखामा कार्यरत नवजवान तथ भ्लगर अमन पालुङवाले जोक्स सुनाउँदै आफ्नो भ्लगवारे बताएका थिए ।
कार्यक्रमलाई थप उर्जा प्रदान गर्न कमल अन्छङवो समुहले केलाङ प्रस्तुत गरेका थिए । त्यस्तै युवा तथा उदीयमान गीतकार, गायक डेनिश पालुङवाले नेपाली गीत, दिल लावुङले पालाम र ज्ञानु फुरुम्वो याक्थुङ गीत गाएका थिए ।
कार्यक्रमको ओभरअल सञ्चालन युवा डेनिस पालुङवाले गरेका थिए ।

Related Articles

Back to top button