मिडियामा नयां प्रविधि एआईको प्रयोग र भुमिका बारे भर्चुअल तालिम एफएनजे यूकेबाट

लन्डन । हाल विश्वमै नयां नयां प्रविधिबाट पत्रकारितामा द्रुत गतिमा परिवर्तन ल्याएको बारे नेपाल पत्रकार महासंघ (एफएनजे) यूकेले सञ्चार माध्यममा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल तालिम एवं गोष्ठी आयोजना गर्ने भएको छ ।
आगामी २२ जुनमा हुने तालिममा एआई र न्यु मिडियाविज्ञ पत्रकार प्रवेश सुवेदी प्रमुख प्रशिक्षकको रूपमा रहनेछन् । उनले ‘पत्रकारितामा एआई: अवधारणा देखि वास्तविक प्रयोग सम्म विषयमा आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् ।
कार्यक्रम जुममार्फत स्थानीय समय बिहान साढे ११ बजे सुरु हुने छ । महासंघ केन्द्रका एक पदाधिकारी प्रमुख अतिथिको रूपमा सहभागी हुने शाखाका महासचिवले जानकारी दिएका छन्।
यस तालिमले अझ विस्तृत रुपमा जान्न र बुझ्न अवसर मिल्ने भएकोले, शाखाका महासचिव खेमराज रानाभाटले सबै सदस्यलाई कार्यक्रममा सहभागी हुन र प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेका छन् ।